ताजा अपडेट »

नक्कली भुटानी शरणार्थी काण्डका सबैलाई कार्बाहीको दायरामा ल्याउन माग

मंगलबार, २६ बैशाख २०८०, १६ : २१
22 Shares
मंगलबार, २६ बैशाख २०८०
22 Shares

गुल्मी । नक्कली भुटानी शरणार्थी काण्डका दोषीहरुलाई कारवाही गर्ने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डलाई पछि नहट्न माओवादी केन्द्र गुल्मीले माग गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र पठाउँदै सो पार्टीले नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएकासहित विभिन्न चर्चित काण्डमा संलग्नहरु सबैलाई कानुनी दायरामा ल्याउन प्रधानमन्त्री प्रचण्डसंग माग गरेको हो ।

माओवादी केन्द्र गुल्मीका ईन्चार्ज बिरबहादुर कार्की र सचिव अशोक थापा मुक्तीले उक्त ज्ञापन पत्र सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेलाई प्रधानमन्त्री कार्यालयमा पठाउनका लागि बुझाएका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।