ताजा अपडेट »

कानुङ बचत तथा ऋण सहकारीले मनायो १५ ओैं स्थापना दिवस

सोमबार, २५ बैशाख २०८०, २१ : ४६
14 Shares

बुटवल । कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नाे १५ ओैं स्थापना दिवस विविध कार्यक्रमका साथ साेमवार बुटवलमा सम्पन्न गरेकाे छ । कार्यक्रमा संस्थाका ज्येष्ठ एवम् सम्मानित सदस्य केशरबहादुर श्रीसले नेपालकाे सन्दर्भमा सहकारी अमृत समान रहेकाे बताउँदै आफ्नाे सपना कानुङ सहकारीले पूरा गरेकाे बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष ईन्जिनीयर हीराबहादुर भलामीमगरले वर्तमान समयमा सहकारीहरु कठिन परिस्थितिमा सञ्चालनमा रहेकाे बेला कानुङ सहकारी बुटवल क्षेत्रमा गाैरवशाली रुपमा प्रस्तुत भएकाे बताए ।
उक्त सहकारीले आफ्नाे स्थापना दिवसकाे अवसरमा सिद्धार्थ डेन्टल क्लिनिककाे सहयाेगमा  नि:शुल्क दन्त शिबिर सञ्चालन गरेकाे छ । ७१ जना शेयर सदस्यहरुले सेवा लिएकाे संस्थाका सचिव बेनप्रसाद थापाले बताए । साथै एसियन डायाेग्निष्टक प्रालिले ८० जना सदस्यहरुकाे पूर्ण शरीरकाे परीक्षण सम्पन्न गरेकाे छ । सहकारीले बुटवल -१५,उजेलापुरमा रहेकाे लुम्बिनी अपाङ अनाथालयलाई १२ हजार बराबरकाे बुककेस दिने भएकाे संस्थाका अध्यक्ष टाेपबहादुर थापाले जानकारी दिए ।

स्थापना दिवसकाे अवसरमा खुसियाली मनाउँदै शेयर सदस्यका सन्तानहरुले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । साेही अवसरमा दुर्गाबहादुर श्रीस र चन्द्रकला काउचालाई ज्येष्ठ सदस्यका रुपमा दाेसल्ला ओढाई नगद रकमले सम्मान गरिएकाे थियाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।