ताजा अपडेट »

पाल्पामा गएराती निद्रामै हिँडेका एक पुरुष भिरबाट लडेर मृत्यु

विहीबार, १४ बैशाख २०८०, १३ : ००
35 Shares

बुटवल । पाल्पाको बगनासकालिका गाउँपालिका–७ का एक पुरुष भिरबाट लडी मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार स्थानीय ४० वर्षीय केशब बहादुर बुढाथोकी स्थानीय छहरेखोला भिरमाथिबाट करिब १५० मिटर तल खोल्सामा खसेका थिए ।

घटना बारे जानकारी प्राप्त भएसँगै घटना स्थल पुगेको भुसल डाँडा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीका अनुसार मृतक बुढाथोकी गएराती अन्दाजी ३ बजेको समयमा निद्रामै उठेर हिँडेका थिए । घटना बारे थप अनुसन्धानका लागि शव पोष्टमार्टम गर्न जिल्ला अस्पताल पाल्पा पठाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।