ताजा अपडेट »

भैरहवा विमानस्थलमा ३ दिनदेखि विद्युत आपूर्तिमा समस्या

सोमबार, २८ पुस २०७६, १३ : ५३
8 Shares

पुस २८,

ग्लोबल आवाज

बुटवल । भैरहवा विमानस्थलमा विगत ३ दिनदेखि विद्युत आपूर्तिका समस्या भएको छ । विमानस्थलमा विद्युत आपूर्ति नहुदाँ खासगरी रातको समयमा यात्रुहरुका लागि निकै समस्या भएको छ । रातको समयमा वत्ति नबोल्ने तथा दिनमा समेत विद्युत अवरुद्ध हुदाँ समस्या उत्पन्न भएको हो । विमानस्थलको धावन मार्गमा भने विद्युत आपूर्तिको समस्या नभएकाले नियमित उडान भने प्रभावित भएका छैन् ।

विमानस्थलको धावन मार्गमा समस्या नरहे पनि ट्रमिनल भवनमा विद्युत सर्ट भई समस्या देखा परेको हो । ट्रमिनलको पुरानो भवनमा विद्युत लाइनमा समस्या देखिएको गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलका योजना प्रमुख प्रवेश अधिकारीले बताएका छन् । समस्याको समाधानका लागि हिजो मात्रै काठमाडौँबाट आएका प्राविधिक टोलीले अनुसन्धान गरि रहेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पुस २६ गते रुपन्देही आउँदा समेत पनि विमानस्थलमा विद्युत आपूर्तिको समस्या रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।