ताजा अपडेट »

बुटवल बहुमुखीमा शोधप्रस्ताव, शोधपत्र लेखन तथा अभिमुखीकरण कार्यशाला गोष्ठी

बुधबार, १३ बैशाख २०८०, १० : ३९
38 Shares

बुटवल । बुटवल बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह एमएडनेपाली शिक्षा चौथो सत्रमा अध्ययनरत शोधार्थी विद्यार्थीका निम्ति शोधप्रस्ताव तथा शोधपत्र लेखन तथा अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

विभागीय प्रमुख डा।नारायणप्रसाद पन्थको अध्यक्षता, क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको प्रमुख आतिथ्य तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.रामनाथ ओझाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रम डा.थानेश्वर अर्यालको स्वागत तथा राजु भुसालको संचालनमा भएको थियो ।

दोस्रो सत्रमा शोधप्रस्ताव तथा शोधपत्र लेखन अभिमुखीकरण गोष्ठी तथा कार्यशालाका प्रमुख अतिथि प्रा.डा.रामनाथ ओझा, डा.सखिशरण सुवेदी, अनुसन्धान समितिका संयोजक डा.नारायणप्रसाद पन्थ, डा.शालिकराम पौड्याल र डा।प्रेमप्रसाद तिवारीले आआफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए। उद्घाटन सत्र र कार्यशाला गोष्ठी गरी दुई सत्रमा संचालित कार्यक्रममा शोधार्थी विद्यार्थीलाई शोधप्रस्ताव लेख्न समेत लगाई पृष्ठपोषण उपलब्ध गराइएको थियो।

उक्त कार्यक्रममा अनुसन्धान समितिका सदस्य शेषकान्त पौडेल, ईश्वरीप्रसाद पोख्रेल, अजित खनाल, कुलमणि शर्मा, मुकुन्द भण्डारी लगायत प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थित रहेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।