१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

पुस २७,

Advertisement

ग्लोबल आवाज

भैरहवा । नेपालकै ठूलो चेन सुपरमार्केट भाट-भटेनी सुपरमार्केटको १७ औं स्टोर रुपन्देहीको भैरहवामा शुभारम्भ भएको एक महिना भएको छ । गत मंसिर २६ गते शुभारम्भ भएको भैरहवा स्टोरले शुभारम्भको अवसरमा सबै सामानमा १० प्रतिशत छुटको व्यवस्था गरेको थियो भने इलेक्ट्रोनिक्स सामानहरुमा २० प्रतिशत छुटको व्यवस्था गरेको थियो । त्यसैगरी रु. ५९ प्रति के.जी.मा नेपाली चिनी उपलब्ध गराएको थियो । शुभारम्भको छोटो समयमा नै स्टोरले धेरै उपभोक्ताको सहभागिता र सकारात्मक प्रतिक्रियालाई मध्यनजर गर्दै उपलब्ध सो छुट सेवा केही समयको लागि कायमै राख्ने बताएको छ ।

व्यापारिक तथा नेपाल भारत सिमा क्षेत्र सिद्धार्थनगर–७ स्थित स्टोरमा शुभारम्भदेखिनै ग्राहकको उत्साहजनक सहभागिता रहँदै आएको र अपेक्षित कारोबार भएको स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए । भैरहवामा अत्याधुनिक सुपर स्टोर सञ्चालनमा आएपछि भैरहवा, तिलोत्तमा,लुम्बिनी आसपासका उपभोक्ताहरुलाई सहज भएको छ । त्यसैगरी स्टोरमा आउने भारतीय उपभोक्ताको संख्या पनि अत्यधिक रहेको व्यवस्थापक भट्टराइले बताए । स्टोरमा सुनौली, नौतनवा, गोरखपुर लगाएतका भारतीय क्षेत्रबाट समेत सपिङका लागि उपभोक्ता आउने गरेका छन् । पछिल्लो सयमा तिव्र गतिमा विकास भइरहेको बुटवल–भैरहवा क्षेत्रमा भाटभटेनीको स्टोर सञ्चालनमा आएपछि सो क्षेत्रमा रौनक बढेको अग्रज पत्रकार तथा पर्यटनविद् चेतन पन्तले बताए ।

उनले भने ‘ अत्याधुनिक,आकर्षक र सबै सामान एउटै स्टोरमा पाइने भाटभटेनीले भैरहवामा निकै प्रभाव पारेको छ । यसबाट यहाँको विकास र भारतीय पर्यटककको आगमन बढेको छ । जसले स्थानीय पर्यटनमा थप टेवा पुुगेको छ ।’ भैरहवामा भाटभटेनीको स्टोर सञ्चालनमा आयसँगै सस्तो लोभमा चिनी र घरायसी सामान खरिद गर्न भारतीय बजार सुनौली जान नपरेको तिलोत्तमा कोटिहवाकी गृहणी कल्पना शर्माले बताइन् ।त्यस्तै सबै किसिमका ब्राण्डेड सामानहरु खरिद गर्न पसल–पसल चाहर्न नपरेको नेपाल अम्बुजा सिमेण्टका महाप्रबन्धक राजकुमार गुप्ताले बताए । उनले भने ‘ भैरहवामा भाटभटेनी सुरु भएपछि केही ब्राण्डेड सामान किन्नु परे विभिन्न शोरुम जानपर्ने र त्यसको लागि समय नै नहुने साथै पार्किङको पनि समस्या हुने झण्झटबाट मुक्त भइएको छ ।’

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण