५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन् ।

नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले यसबाट लाखौँ प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट बञ्चित नहुनुपर्ने बताए ।
 
उनले विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै बैदेशिक रोजगारीको सुधारको लागी सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताए । प्रधामन्त्री दाहालले भने, “वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले विदेशी मुद्रा सञ्चिती ११ महिनालाई धान्ने अवस्थामा पुग्नु आफैँमा अर्थतन्त्र सुधारको सङ्केत हो ।”
 
उनले सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आबद्धता श्रमिकको सुरक्षा भएको बताए। उनले राज्यका सबै निकायलाई राम्रोसँग परिचालन गरेर राजस्वमा उल्लेख्य सुधार भएको उल्लेख गर्दै आफू प्रधानमन्त्री बनेपछि सार्वजनिक सहकारी र निजी क्षेत्रको समन्वयलाई अगाडि बढाउन र निजी क्षेत्रलाई आर्थिक विकास निर्माणमा परिचालन गर्न जोड दिएको बताए।प्रधानमन्त्री दाहालले भने, “संविधान निर्माण गर्ने र देशलाई अहिलेको अवस्थामा ल्याउने प्रमुख शक्ति माओवादी हो । हामीलाई विकासको गति पैदा गर्ने र रोजगारी ग्यारेन्टी गर्ने चुनौति छ ।  अर्थतन्त्रमा परेको अफ्ठ्यारो अहिलेको होइन, पहिले देखि नै हो । यसमा म आएपछि सुधार भइरहेको छ ।” नेपालको अर्थतन्त्रको समस्या समाधानका लागि तीन महिनामै सकारात्मक सङ्केत देखिएको उनको भनाइ छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ