ताजा अपडेट »

शैक्षिक गतिविधिमा अब्बल बन्दै होराइजन गौतम बुद्ध

विहीबार, ३० चैत्र २०७९, १५ : २६
26 Shares

२०४६ सालमा स्थापना भएको न्यु होराइजन संस्थाले स्थापनाकै १० वर्षमा प्रथम स्थानसहित लगातार एसएलसीमा बोर्डका प्रथम, द्वितीय लगतायतका स्थानहरू हासिल गरी राष्ट्रिय स्तरमा गुुणस्तरीयताको पर्यायका रूपमा आफूलाई उभ्याएको छ । यसले २०६८/०७९ सालमा तिलोत्तमाको ड्राइभरटोलमा सञ्चालित कक्षा नर्सरीदेखि कक्षा ८ सम्मको स्वीकृति प्राप्त स्कुललाई स्वामित्व ग्रहण गरी होराइजन गौतमबुद्ध स्कुलको रूपमा अगाडि बढाउँदै आज संस्थागत विद्यालयहरूतर्फ कक्षा प्रिनर्सरीदेखि कक्षा १२ सम्म सञ्चालन गरिरहेको छ । न्यु होराइजन कलेज मातहत सञ्चालित यो शिक्षण संस्थाको गुणात्मक विकास भइरहेको छ।

विद्यार्थी संख्याको हिसावले ठूलो हुनु एक पक्ष हो भने विद्यार्थीहरूको गुणात्मक शिक्षा प्रदान गर्न योग्य र गुणस्तरी शिषक व्यवस्थापन पर्याप्त पूर्वाधारको विकास र उचित वातावरण प्रदान गर्नु दोस्रो र सर्वाधिक महत्वपूर्ण पक्ष हो राज्यको दृष्टिकोणमा प्राइभेट शिक्षाकार्य अपराध जस्तै र प्राइभेट शिक्षाकर्मीहरू अपराधी जस्तै बनाइको अवस्थामा अभिभावकको माया, विश्वास शिक्षक कर्मचारीको अथक मेहनत र संस्थापकहरूको स्थापनाको उद्देश्यप्रतिको निष्ठाको कारण नै होराइजन जि.वि.एस. का नतिजाहरू आशातीत रूपमा सफल छन् ।

होराइजन जि.वि.एस मात्र त्यस्तो संस्था हो जसले शिक्षकहरूलाई स्नातकोत्तरभन्दा माथि अध्ययन गर्ने विशेष व्यवस्था गरेको छ । होराइजन कलेजभित्र पर्याप्त एम.फिल, पि.एच,डि गर्नेहरूको संख्या रहेको छ । विज्ञान तथा व्यवस्थापनमा १५ सेक्सन विद्यार्थी भर्ना गर्ने यो संस्थाका प्रत्येक वर्षका नतिजाहरू अब्बल रहेका छन् विज्ञानतर्फ MBBS/BDS/B.Sc.Nursing/ BPH/ Engineering/ B.Sc. Ag, BV Sc. जस्ता विधाहरू र म्यानेजमेन्टतर्फ सिए लगायतका विधाहरूमा स्वदेश तथा विदेशमा पाँच लाख छत्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको संख्या हरेक वर्ष अत्यधिक रहेको छ । यसले यसको गुणस्तरीयताको प्रमाण बोलिरहेको छ ।

पूर्वाधारका हिसाबले प्लस टु नयाँ र अत्याधुनिक भवनमा स्थानान्तरण हुँदै छ । अन्य विद्यार्थिहरू आफै सुविधासम्पन्न पर्याप्त खेल मैदान भएको भवनमा स्थानान्तरण हुँदैछन् । नर्सरीतर्फ प्रयाप्त खेलकूद सामाग्रीसहित खेल क्षेत्रको स्थापना गरिएको छ । २ वटा लाइब्रेरी, ३ वटा कम्प्युटर ल्याब, विज्ञानतर्फका ल्याबहरूको साथै आइटि ल्याबको स्थापना गरिएको छ । यस क्षेत्रमै प्रथम पटक गणितको प्रयोगशाला, स्थापना गरिंदै छ । प्रत्येक अतिरिक्त क्रियाकलापहरूलाई प्रशिक्षित गर्ने गरी प्रशिक्षकहरूको व्यवस्था, प्रत्येक तहमा संयोजक, विषय प्रमुख तथा इन्चार्जहरूको व्यवस्था विद्यार्थीहरूको कमजोरी पहिचान गरी उचित सल्लाह दिन व्यवस्थित काउन्सिलिङको व्यवस्था आदि कारणले यो स्कुल एक व्यवस्थित र गतिशील संस्थाको रूपमा उभिएको छ ।

न्यु होराइजन कलेजको इतिहासमा कक्षा १२ को बोर्ड प्रथम हुने डा. सुनिल उपाध्याय, इन्जिनियरिङतर्फ प्रथम स्थान प्राप्त गर्ने मनिष सापकोटा, हरि गैह्रे, हरि प्रधानदेखि वर्तमानसम्ममा देशभरका १६ हजार विद्यार्थीहरूमध्येबाट प्रवेश परीक्षामा १७ नम्बरमा नाम निकाल्ने मनोज खत्री र यस वर्ष पनि सर्वाधिक विद्यार्थी संख्या इन्जिनियरिङ्तर्फ नाम निकाल्न सफल बनाएर संस्था परिचित भइसकेको छ । बोर्ड रिजल्टहरूमा पटक पटक क्षेत्र तथा जिल्ला प्रथम हुँदै राष्ट्रिय कीर्तिमानसमेत कायम गरेको छ ।

विज्ञानतर्फ वि.एस्सी. का कक्षाहरूसमेत यही भवनमा सञ्चालित हुने कारणले गर्दा योग्य शिक्षक र प्रर्याप्त प्रयोगशालाको व्यवस्था सम्म भएको छ । वि.एस्सी. तर्फको नतिजा हेर्ने हो भने प्रत्येक वर्ष ८० प्रतिशत भन्दा माथि विद्यार्थीहरुको उत्तीर्ण प्रतिशत रहेको छ । वि.सं. २०६८ सालमा वि.एस्सी.को सम्बन्धन प्राप्त गरेको यस संस्थाले वि.सं. २०८० सम्म आइपुग्दा विभिन्न वर्षको नतिजमा त्रि.वि.टप गर्न सफल भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।