२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको यही शनिबार चेत्र २४ र २५ गते ११ औं अधिवेशन तथा ११ औं वार्षिक साधारणसभा हुँदै छ ।अधिवेशनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । नयाँ नेतृत्वका लागि दुई अध्यक्षका उम्मेदवारले फरक-फरक प्यानल बनाएर चुनावी अभियानमा जुटेका छन् । वि.स. २०५६ सालमा स्थापना भएको संघमा हाल १२०३ होटल व्यवसायीहरु आवद्ध रहेका छन् ।

Advertisement

सामाजिक तथा व्यक्तिगत प्रतिष्ठाको विषय समेत भएकाले उम्मेद्वारहरु आफ्नो चुनावी प्रतिवद्धता लिएर प्रत्येक सदस्य समक्ष पुगेका छन् । कोरोना महामारी तथा आर्थिक मन्दीले थला परेको होटल व्यवसायलाई चलायमान गराउनु पर्ने चुनौती नयाँ नेतृत्वलाई अवश्य नै हुने छ । यसैबीच “पर्यटन प्रवर्द्धन र संरक्षण पर्यटकीय गन्तव्यको पहिचान, संयुक्त प्यानलको अभियान”–भन्ने नारासहित लेखनाथ भण्डारीको संयुक्त प्यानलले उम्मेदवारी घोषणा गरेको छ ।

उक्त म्यानलबाट महाचिव पदका उम्मेदवार हुन् युवा व्यवसायी अर्जुन थापा । उच्च शिक्षाका लागि वि.स. २०६३ सालमा बुटवल झेरका थापाले खर्च जोहो गर्नका लागि चिया, नास्ता पसलबाट व्यवसायिक यात्रा सुरु गरी हाल सफल व्यवसायीका रुपमा स्थापित हुन सफल भएका छन् । गुल्मीको ईस्मा गाउँपालिका–३ का थापाले २०६० सालमा स्थानीय श्री ढाडढुङ्गा माविबाट एसएलसी परीक्षा उत्तिर्ण गरेपछि बुटवल झरेका थिए ।

बुटवलको आम्दा अस्पताल नजिकै चिया पसल खोलेर ३ वर्षसम्म सोही होटलबाट भएको आम्दानीले नै उनले कक्षा १२ उत्तिर्ण गर्न सफल भए त्यसपछिको पूरा समय अध्ययनमा लगाएर ब्याचलर पास गर्न सफल भए । होटल व्यवसायको आम्दानीबाटै उच्च शिक्षा अध्ययन गर्न सफल उनले पुनः सोही व्यवसायीमा फर्किने सोँचसहित २०६७ सालमा हाटबजार लाइनमा शर्मा चिया नास्ता पसल खोलेर ३ वर्ष सञ्चालन गरे । त्यसपछि पुरानो बस पार्कमा जनसेवा गुल्मेली खमजा घर सञ्चालनमा ल्याएका थिए । उक्त होटल ३ वर्षसम्म सञ्चालन गरेपछि उक्त होटल छाडेर बुटवलकै योगिकुटीमा कामना गेष्टहाउस सञ्चालनमा ल्याए । उक्त गेष्टहाउसलाई भने उनले लामो समय निरन्तरता दिन सकेनन् । सम्झौता मिति नसकिँदै घरबेटीले खाली गर्न भनेपछि उक्त गेष्टहाउस बन्द गरी उनले बुटवलको राजमार्ग चौराहमा होटल हाईल्याण्ड सञ्चालनमा ल्याएका छन् । करिब ५ वर्षदेखि उक्त होटल सञ्चालन गर्दै आएका थापासँग संघको निर्वाचनसँग सम्बन्धित गरिएको कुराकानी :

महासचिवमा तपाईको उम्मेदवारी किन ?
होटल तथा रेष्टुरण्ट व्यवसायी संघ व्यवसायिक हक हित र अधिकार प्राप्त गर्ने, सबै खाले समस्या बिसाउने र समाधान खोज्ने साझा चौतारी हो । यसलाई यसैगरी साझा चौतारी बनाइराख्नका लागि मेरो उम्मेदवारी हो । संघले व्यवसायीहरु संगठित गराउने प्रारम्भिक कार्य भएपनि हालको अवस्थामा आईपुग्दा यसका उद्देश्य, दायरा तथा चुनौतीहरु दिनानुदिन फराकिला हुँदै गइरहेका छन् । व्यवसायीहरुका आम समस्याहरु सही तरिकाले सम्बोधन हुन नसक्दा जस्ताको तस्तै छन् ती समस्याहरुको समाधान गर्नका लागि मेरो उम्मेदवारी हो ।

तपाई महासचिव भएपछि गर्ने प्रतिवद्धताहरु के–के छन् ?
कोरोना माहामारीद्वारा अति प्रभावित भएको होटल तथा रेष्टुरेण्ट व्यवसायलाई उकास्न राजनितिक, जातीय तथा आर्थिक भेदभाव हटाई व्यवसायिक हक र अधिकारलाई संस्थागत गर्नु मेरो मुख्य उदेश्य रहने छ । व्यवसायीहरुलाई भैपरि आउने समस्याहरुलाई राहत प्रदान गर्न व्यवसायिक हित कल्याणकारी कोष निर्देशिकालाई थप व्यवस्थित र प्रभावकारी रुपले कार्यान्वयन गर्ने मेरो प्रतिवद्धता छ । व्यावसायीहरुका गुनासा र समस्याहरु २४ सै घण्टा सुन्न तथा समाधान गर्न विशेष हेल्प डेस्कको व्यवस्था मिलाउने होटल तथा रेष्टुरेण्ट व्यवसायलाई पर्यटन उद्योग व्यवसायको रुपमा स्थापित गरि व्यवसयीक पहिचान र अस्तित्वको निम्ति काम गर्ने मेरो योजना छ । बुटवलमा रात्रिकालिन उज्यालो शहर तथा व्यवसाय संञ्चालनका विषयहरु भाषणमात्र सीमित रहेको अवस्थामा सम्बन्धित निकायहरुसँग छलफल तथा दवाव श्रृजना गरि लागु गराउन मेरो पहल रहनेछ ।

तपाईले निर्वाचन जित्ने आधार के–के हुन ?
मैले सानादेखि ठूलासम्म सबै होटल व्यवसायीहरुको समस्यालाई नजिकबाट जानेको छु, चिनेको छु । लामो समय यस संघको कार्यालयमा कर्मचारीका रुपमा रहेर तथा पदाधिकारीको रुपमा काम गरेको अनुभवका आधारले पनि अधिकांश व्यवसायीहरुसँग प्रत्येक्ष साक्षत्कार गरेका कारण उहाँहरुले मलाई विश्वास गर्नुहुन्छ भन्नेमा म ढुक्क छु । यसैगरी यसअघि सचिव पदमा निर्विरोध सचिव भएर २ वर्षसम्म काम गरेका आधारले पनि महासचिवमा मेरो उम्मेदवारीलाई सबै मतदाताले स्वभाविक मान्नुहुन्छ भन्नेमा म विश्वस्त छु । आशा छ व्यवसायीहरुले यो चैत्र २५ गते नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा मलाई मतदान गरेर विजयी गराउन योगदान गर्नुहुने छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता