७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टी एकपटक पुनः चर्चामा आएकी छन् । सन् २००७ मा शिल्पालाई हलिउड अभिनेता रिचर्ड गेरले सार्वजनिक कार्यक्रममा चुम्बन गरेका थिए । जुन घटनाको भारतका विभिन्न स्थानमा विरोध भएको थियो । केहीले यो घटनालाई अश्लील बताउँदै शिल्पामाथि देशको संस्कृतिलाई अपमान गरेको आरोपसमेत लगाए ।

यो घटनालाई लिएर राजस्थानमा रिचर्ड र शिल्पाविरुद्ध आईपीसी र आईटी एक्टको कैयौं धाराअनुसार मुद्दा दर्ता गरिएको थियो । १६ वर्ष पुरानो यो मामलामा अभिनेत्री शिल्पालाई मजिष्ट्रेटले सफाई दिएको छ । मजिस्ट्रेटको आदेशविरुद्ध उजुरी परे पनि मुम्बई सेशन कोर्टले उजुरीलाई खारेज गर्दै शिल्पालाई सफाई दिएको हो ।मजिस्ट्रेटको आदेशविरुद्ध दर्ता भएको उजुरीलाई एडिसनल सेशन जज एससी जाधवले खारेज गरिदिएका थिए । सन् २००७ को अप्रिल १५ मा राजस्थानमा भएको एड्स जागरुकताका लागि आयोजित सार्वजनिक कार्यक्रममा रिचर्ड विशेष अतिथि बनेर पुगेका थिए । यो कार्यक्रममा उनले शिल्पालाई सार्वजनिक रुपमा नै चुम्बन गरेका थिए ।

यो घटनापछि शिल्पाविरुद्ध राजस्थानमा प्रहरीमा मुद्दा दर्ता भएको थियो । तर सन् २०१७ मा सुप्रिम कोर्टको आदेश अनुसार मुद्धालाई मुम्बई पठाइएको थियो । यद्यपि सन् २०२२ मा शिल्पालाई मजिस्ट्रेट कोर्टले सफाई दिएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल