८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मा खुला व्यायामशाला सञ्चालनमा आएको छ । वडा नम्बर–६ को कार्यालयले युवादेखि वृद्धवृद्धासम्मका लागि उपयोगी हुने गरी तिलोत्तमा सामुदायिक पार्कको खाली जग्गामा खुला व्यायामशाला सञ्चालन भएको हो । खुला ठाउँमा जुन सुकै समय र उमेर समूहका नागरिकलाई लक्षित गर्दै व्यायाम गर्न मिल्ने गरी व्यायामशाला निर्माण गरी सञ्चालनमा ल्याइएको वडा कार्यालयले जनाएको छ ।

तिलोत्तमा सामुदायिक पार्कको खाली जग्गामा स्थापना गरिएको खुला व्यायामशालामा विभिन्न आधुनिक १५ वटा उपकरण राखिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको ९ लाख रुपैयाँ आर्थिक सहयोगमा खुला व्यायामशालामा १५ वटा विभिन्न उपकरण जडान गरिएको हो । आइतबार एक कार्यक्रमबीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले खुला व्यायामशालाको उद्घाटन गरे । खुला व्यायामशालाको उद्घाटन गर्दै खाँणले तिलोत्तमा नगरपालिका पूर्वाधार विकासमा मात्र नभई मानवीय विकासमा पनि अगाडि बढेको बताए ।

हरेक वडामा पार्क र व्यायामशाखा निर्माण गर्ने योजना रहेको पनि उनले सुनाए । वडा नम्बर–६ का वडाध्यक्ष गणेश पाठकले खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन जिउनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने बताए । व्यायामशालामा आवश्यक उपकरण जडानका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागलाई अनुरोध गरिएकोमा विभागले विभिन्न १५ वटा उपकरण आधुनिक उपलब्ध गराएको उनले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर