७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

काठमाडौं । चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक यथार्थपरक, सन्देशमूलक, सांस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताबारे बोर्डले केहि दिन अगाडी सार्वजनिक सूचना समेत निकालेको थियो । प्रतियोगितामा सहभागि हुनको लागि बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी आगामी १० वैशाखसम्ममा दरखास्तसहित चलचित्र बोर्डको कार्यालयमा पेस गर्नुपर्नेछ ।प्रतियोगिताको लागि उपलब्ध भएका चलचित्रहरु मध्ये उत्कृष्ट तीन चलचित्रहरुले क्रमशः प्रथम, द्वितीय र तृतीय गरी एक लाख ५० हजार, एक लाख र  ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुरस्कृत चलचित्रहरुलाई बोर्डले व्यावसायिक तथा गैरव्यावसायिक रुपमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरु, विशेष प्रदर्शनीमा सहभागी गराउनेछ ।प्रतियोगितामा सहभागि हुने चलचित्रहरु कम्तीमा ५० प्रतिशत नेपालमा नै छायांकन भएको र ५० प्रतियोगिता चलचित्रकर्मीहरु नेपाली भएको हुनुपर्नेछ । सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन वर्षभित्र निर्माण भएका चलचित्रहरुले मात्र भाग लिन पाउनेछन् र ति चलचित्रहरुले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्नेछ ।
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल