२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

मुम्बई । बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले रजनीकान्तको तमिल फिल्म ‘बाबा’ बक्सअफिसमा फ्लप भएपछि आफूलाई साउथ फिल्मबाट अफर आउन बन्द भएको खुलासा गरेकी छन् । यद्यपि यो फिल्म सन् २०२२  डिसेम्बरमा पुनः रिलिज हुँदा भने हिट भएको थियो ।मनिषाले ‘बम्बे’, ‘इण्डियन’ र ‘मुधालवन’ जस्ता साउथ फिल्ममा पनि अभिनय गरेकी थिइन् । जुन फिल्मलाई दर्शकले निकै मनपराएका थिए । ‘बाबा’ सन् २००२ मा रिलिज भएको थियो । तर फिल्म फ्लप भएपछि साउथ फिल्ममा उनको करियर करिब समाप्त नै भएको थियो ।

हालैमात्र ट्वीटरमा मनिषाको एक अन्तरवार्ताको क्लिप भाइरल भइरहेको छ । जहाँ उनले ‘बाबा’ फ्लप भएपछि उनको करियरको बारेमा परेको असरबारे सुन्न सकिन्छ । ‘बाबा मेरो तमिल फिल्म उद्योगमा अन्तिम ठूलो फिल्म थियो । यो फिल्म त्यो बेला यति नराम्रो गरी फ्लप भयो कि डिजास्टर नै साबित भयो । यो फिल्मबाट आम दर्शकमा धेरै अपेक्षा थियो । जब फ्लप भयो, त्यसपछि मलाई लाग्यो कि मेरो करियर समाप्त भयो’, उनले भनेकी छन् ।मनिषाका अनुसार ‘बाबा’ अघि उनले कैयौं साउथ फिल्ममा काम गरेकी थिइन् । ‘बाबा फ्लप भएपछि मलाई फिल्मको अफर आउन बन्द भयो । तर रजनीकान्तको जन्मदिनमा पुनः यो फिल्म रिलिज गरिएपछि २० वर्षपछि सफलता पायो’, मनिषा भन्छिन्, ‘यो अनौठो कुरा हो । जब फिल्म हालैमात्र पुनः रिलिज भयो, तब हिट साबित भयो । रजनी सर कहिल्यै पनि फ्लप फिल्म दिनुहुन्न । उहाँसँग काम गर्न निकै मजा आउँछ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाजको गठन गौर नरसंहार : न्यायाधीश रेग्मीको इजलासमा सुनुवाई हुँदै प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो अन्तरिक्षवाट ६ महिना पछि फर्के तीन चिनियाँ अन्तरिक्ष यात्री अफगानिस्तानका ८० छात्रालाई दिईयो बिषाक्त खाना, अस्पतालमा भर्ना