ताजा अपडेट »

अभिनेत्री शोभितासँग डेटमा नागा

बुधबार, १५ चैत्र २०७९, १५ : ०५
6 Shares

मुम्बई । दक्षिण भारतीय फिल्मका अभिनेता नागा चैतन्य र उनकी तत्कालीन पत्नी सामन्था रुथ प्रभु सन् २०२१ मा अलग्गिएका थिए । सामन्थासँग अलग्गिएपछि नागा यतिबेला अभिनेत्री शोभिता धुलिपालाको प्रेममा छन् ।सुरुवाती दिनमा उनीहरुको अफेयरलाई केवल चर्चा मात्र भनिए पनि अहिले आएर भने उनीहरु डेटमा रहेको खुलेको छ । हालैमात्र नागा र शोभिताको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जहाँ नागा एक रेष्टुरेन्टमा छन् र रेष्टुरेन्टका शेफ उनीसँग पोज दिइरहेका छन् ।

तस्बिरको पृष्ठभूमिमा शोभितालाई प्रष्ट रुपमा देख्न सकिन्छ । तस्बिरमा शोभिताले हातले अनुहार छोपेकी छन् ।तस्बिर सार्वजनिक हुनासाथ सामाजिक सञ्जाल प्रयोगकर्ताले तिब्र रुपमा प्रतिक्रिया दिइरहेका छन् । ‘लाग्छ कि नागा डेटमा छन् । कति राम्रो जोडी देखिएको छ’, एक प्रयोगकर्ताले लेखेका छन् ।नागाले सन् २०१७ मा सामन्थासँग विवाह गरेका थिए । विवाहअघि केही समय डेटमा रहेका यो जोडीको सम्बन्ध विवाहपछि भने खटपट भएको थियो । उनीहरुले सन् २०२१ अक्टोबरमा अलग्गिने निर्णय लिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।