७ आश्विन २०८०, आईतवार

Sep 24, 2023


पुस २५,

Advertisement

सुमन केसी/ग्लोबल आवाज

दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दाङका शिक्षा सम्वन्धि धेरै उजुरीहरु परेका छन् । आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जमा दाङका शिक्षा सम्वन्धि २ दर्जन बढि उजुरी परेका छन् । दाङका १० वटा स्थानीय तह मध्ये २ उपमहानगरपालिका सहित ५ वटा स्थानीय तहका शिक्षा सम्वन्धि २६ वटा उजुरी परेको कार्यालयका सुचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए ।

यो तथ्याङ्क चालु आर्थिक वर्षको पौष २३ गते सम्मको हो । सम्वन्धित स्थानीय तहको शिक्षामा भ्रष्टाचार र अनुचित कार्य गरेको भन्दै अख्तियारको कार्यालयमा उजुरी परेको सुचना अधिकारी पाण्डेले बताएका छन् । विशेष गरी शिक्षामा आर्थिक अनियमितता गरेको सम्वन्धि उजुरी परेको छ । त्यस्तैगरी शिक्षा सम्बन्धि अनुचित कार्य अन्तर्गत शिक्षक दरबन्दी मिलान, निजि शिक्षकलाई राहत दरबन्दीमा बढुवा जस्ता कार्य पर्दछन् । तर पछिल्लो समय २०७२ को सविधानले शिक्षामा अनुचित कार्यको नियमन अख्तियार आयोगले गर्न नपाउने व्यवस्था गरेपनि कार्यालयले अहिलेसम्म हेर्दै आएको उनले बताएका छन् । उनका अनुसार सवैभन्दा धेरै घोराही उपमहानगरपालिकाका उजुरीहरु रहेका छन् । घोराही उपमहानगरको शिक्षा सम्वन्धी अख्तियारमा ११ वटा उजुरी परेको छ ।

त्यस्तैगरी दोस्रोमा तुलसीपुर उपमहानगरपालिका परेको छ । तुलसीपुरमा शिक्षा क्षेत्रमा अनियमितता भएको भन्दै ६ वटा उजुरी परेको छ ।त्यसैगरी लमही नगरपालिकाका १, राजपुर गाउँपालिकाका ३, शान्तीनगर गाउँपालिकाका २ र बबई गाउँपालिकाको ३ वटा उजुरी परेको सुचना अधिकारी पाण्डेले जानकारी दिए । यस अवधिमा बंगलाचुली, दंगीशरण, गढवा र राप्ती गाउँपालिकाका शिक्षा क्षेत्रमा कुनै उजुरी परेको छैन । यद्यपी गत वर्षको तुलनामा यस वर्ष उजुरीको संख्यामा बृद्धि भएको अख्तियार कार्यालयले बताएको छ । कार्यालयका अनुसार गत वर्ष २२ वटा उजुरी परेको थियो । उजुरी परेपनि त्यसको वास्तविकताको अध्ययन अनुसन्धान गरेर मात्रै भ्रष्टाचार या अनियमितता भएको हो या होइन भन्ने वारेमा भन्न सकिने पनि उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल