ताजा अपडेट »

प्रमोद खरेलको 'कर्मै मेरो रैछ खोटी'मा शिल्पा पोखरेल र विक्रम

मंगलबार, १४ चैत्र २०७९, ११ : १८
22 Shares

काठमाडौं ।  गायक प्रमोद खरेलको स्वर रहेको 'कर्मै मेरो रैछ खोटी' बोलको गीतको भिडियो रिलिज गरिएको छ । संगीतकार ऋषि खड्काको शब्द संगीत रहेको सार्वजनिक गीतमा विशाल निरौलाको एरेन्ज रहेको छ ।

विक्रम चौहानले निर्देशन गरेको भिडियोले प्रेम, रोमान्स र  वियोगको कथालाई देखाएको छ । जसमा नायिका शिल्पा पोखरेल र मोडल विक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । प्रेममा मान्छे कतिसम्म डुब्न सक्छ भन्ने विषयलाई देखाइएको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन् । फिल्मी शैलीमा निर्माण गरिएको गीतलाई शाईराम पिक्चर्स प्रालीले बजारमा ल्याएको हो ।

https://youtu.be/GXKKziopf_A
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।