ताजा अपडेट »

रुपन्देहीको ओमसतियामा एक व्यक्ति मृत फेला

आइतबार, १२ चैत्र २०७९, २१ : २७
30 Shares

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका-२  कर्बलाडाँडामा एक व्यक्ति मृत फेला परेका छन् । 

कर्बलास्थित खेतमा ओमसतिया-२ का ६८ वर्षीय बलिराम केबट शनिबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । केबटको शरीरमा नीलडाम छन् । 

केबटको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।