२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

बुटवल । पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा राजश्व संकलनको अवस्था आधा शताब्दी पछिकै निराशाजनक अवस्थामा रहेको उल्लेख गरेका छन् । गतवर्षको राजश्व संकलनको तुलनामा यो वर्ष उल्लेख्यमात्रा कम राजश्व संकलन भएको उनले बताए । ‘राजश्व परिचलन र संकलनको अवस्था चालु आर्थिक वर्षमा पूरा नहुने मात्र होइन गत वर्षकोभन्दा पनि उल्लेख्य मात्रामा कम राजश्व संकलन भएको छ ।’–पौडेलले भने, यो अवस्था करिब ५० वर्षपहिले नेपालमा देखिएको थियो ।

शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा पौडेलले राजश्व संकलन साधारण खर्च समेत धान्न सक्ने अवस्थामा नरहेको उल्लेख गरे । वि.स. २०२८ सालको घटना स्मरण गराउँदै पौडेलले भने–‘उक्त वर्ष अघिल्लो वर्षको तुलनामा नगन्य मात्रामा कम राजश्व संकलन भएको थियो । ठिक सोही घटना ५० वर्षपछि चालु आर्थिक वर्षमा दोहोरिएको छ ।’ नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले मुलुकको आर्थिक अवस्था जटिल र संकटपूर्ण रहेको बताए । सामान्य अवस्थामा जस्तो सत्ता पक्ष र प्रतिपक्षको अभ्यास गर्ने अवस्थामा नेपालमा नभएको उनले बताए । यसैगरी तत्काल क्रिया प्रतिक्रिया गर्ने अवस्थामा नेपाल नभएको बताउँदे उनले मुलुकको आर्थिक संकट समाधानका लागि सबै दल एउटै प्लेटफर्ममा बसेर लाग्नु पर्नेमा जोड दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न– बिगुल फुक्ने ठाउँ हो दिल्ली ? प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली  प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री