ताजा अपडेट »

बुटवलको क्यू बक्स सिनेमा दोस्रो वर्षमा प्रबेश

विहीबार, ०९ चैत्र २०७९, १९ : २४
40 Shares

बुटवल । बुटवलको मिलन चोक स्थित बुटवल सिटी सेन्टरको छैटौं तल्लामा संचालित क्यू बक्स सिनेमाले आफ्नो संचालनको एक वर्ष पूरा गरेको छ । गत वर्ष आजकै दिन बुटवलका लब्ध प्रतिष्ठित व्यक्तित्व, व्यवसायी, पत्रकार आदिको उपस्थितीमा नेपाली तथा भारतिय चलचित्रको विशेष प्रदर्शनी गरि यस सिनेमा हलको शुभारम्भ गरिएको थियो ।

त्यसैको भोलीपल्टै अत्यन्तै चर्चित भारतिय चलचित्र आर आर आर को व्यासायिक प्रदर्शन शुरु भए पश्चात विगत एक वर्षमा यहाँ नेपाली, अंग्रेजी र भारतिय गरि कुल ९२ वटा चलचित्रहरु प्रदर्शन भएको भएको संचालक महेन्द्र नारायण श्रेष्ठले बताए । हालसम्म १ लाख ,१४ हजार ११५ जना दर्शकहरुले यहाँ चलचित्रको मज्जा लिएको उनले बताए । विगत एक वर्षमा व्यावसायिक रुपमा यस हलका सबैभन्दा सफल चलचित्रको रूपमा नेपाली चलचित्रहरु क्रमशः कबड्डी ४, छक्का पञ्जा ४ र भारतिय चलचित्र के जि एफ. २ रहेको अर्का संचालक धनबहादुर खत्रीले बताए । यो एक वर्षमा दर्शकहरुबाट अपार प्रेम, साथ र सद्भाव पाएको र आगामी दिनमा पनि दर्शनको अझ बढी साथ पाउने बिश्वास रहेको संचालक खत्रीले बताए ।

१९६ सिट क्षमताका दुईवटा अत्याधुनिक अडिटोरियम सुविधा समेत रहेको । साथै विभिन्न ५७ प्रकारका अत्यन्तै स्वादिष्ट खाद्य तथा पेय पदार्थको मज्जा पनि लिन सकिन्छ । स्थापनाकाल देखिनै यस सिनेमाहलको व्यवस्थापनको जिम्मा नेपालकै दोश्रो ठुलो सिनेमा चेन व्यवस्थापक आई. एन आई सिनेमाजुले गर्दै आएको छ ।

यसले व्यवस्थापन जिम्मा लिएका सिनेमाहल बुटवल बाहेक काठमाडौं, पोखरा र चितवनमा पनि संचालनमा छन् । साथै वार्षिक उत्सवको अवसरमा चैत्र १० गतेका दिन चलचित्र हेर्न आउने सम्पूर्ण दर्शकहरुलाई विषेश उपहार तथा लक्की ड्र मार्फत गिफ्ट भाउचर जित्न सक्ने व्यवस्था गरिको छ ।
हलको बुटवलका व्यवसायीहरु महेन्द्र नारायण श्रेष्ठ, धन बहादुर खत्री, अमित रत्न बज्राचार्य तथा जनिज नारायण श्रेष्ठको सोच एवं संयुक्त लगानीमा संचालिनमा आएको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।