२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय विभेद, ज्यादती र उत्पीडनमा परेको दलित समुदायको हकअधिकारका निम्ति सिङ्गो राज्य र निकाय जिम्मेवारपूर्ण ढङ्गले प्रस्तुत हुने बताएका छन् । 
    
अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले दलित समुदायको बृहत्तर विकास र उन्नतिका लागि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र समानताका निम्ति राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार एवं सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक समानताको आधारशीला खडा गर्न सकिने बताए । “यसका निम्ति कानुन निर्माण, संशोधन एवं व्यवस्थापकीय पक्षमा सुधारका खेल्नुपर्ने भूमिकाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको छ”, उनले भने । 

Advertisement

दक्षिण एशियाको विशिष्ट समस्याका रूपमा रहेको छुवाछुत र जातीय विभेदको उत्पीडनमा दलित समुदाय शताब्दीयौँदेखि पर्दै आएको जनाउँदै उनले यो समुदायमाथि मनुस्मृतिकालदेखि राज्य स्वयंले नै विभेदकारी नीति, नियम बनाएर विभेद र ज्यादती गर्दै आएको ऐतिहासिक तथ्यबाट स्पष्ट रहेको बताए ।

नेपाली दलित आन्दोलनले यस दिवसलाई विसं २०४६ देखि निरन्तर देशव्यापीरूपमा मनाउँदै आएको उल्लेख गर्दै उनले यसैकारण दलितको मुद्दा र अधिकार प्राप्तिको सङ्घर्ष अन्तर्राष्ट्रियकरण मात्र नभई नयाँ सङ्घर्षका निम्ति पृष्ठपोषणको भूमिकासमेत खेलिरहेको बताए। 

प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको दिनमा न्याय र स्वतन्त्रताको चेतसहित समानताको भावना विकसित गर्न एवं छुवाछुतमुक्त समाज र राष्ट्र निर्माणको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्न सबैलाई प्रेरणा मिलोस् भनी कामनासमेत गरे। अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस हरेक वर्ष मार्च २१ मा विश्वभर मनाइन्छ । यसवर्षको नारा ‘संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गरौँ, जातीय छुवाछुत तथा भेदभावका विरुद्ध प्रतिरोध गरौँ’ रहेको छ । 

सन् १९६० को मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिल्लेमा रङ्गभेदी कानुनविरूद्ध कालाजातिद्वारा गरिएको शान्तिपूर्ण जनप्रदर्शनमाथि सरकारी दमन र नरसंहारमा ६९ आन्दोलनकारीको हत्या र तीन सय भन्दाबढीलाई घाइते बनाइएको नरसंहारकारी दमनका विरूद्ध उभिँदै सन् १९६६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले सार्पभिल्लेमा भएको दुःखान्त घटनाको स्मरणमा सबै प्रकारका जातीय विभेद उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गरी मार्च २१ लाई जातीय भेदभाव उन्मूलनको अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गरिएको थियो । 

नेपालले सन् १९७१ मा उक्त महासन्धिलाई अनुमोदन गरेको थियो । न्यायपूर्ण आन्दोलनको स्मरण र थप अधिकार प्राप्तिको आन्दोलनमा ऊर्जा एवं प्रेरणा प्राप्तिका निम्ति नेपालमा पनि हरेक वर्ष मार्च २१ लाई अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका रूपमा मनाइँदै आइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ निर्वाचन आयोग र राजनीतिक दल बीच आज छलफल हुँदै कांग्रेसको सदस्यता र नवीकरण अनलाइनमार्फत भर्न सकिने हेटौंडा अस्पताल र मेडिकल स्टोर पथलैयामा स्वास्थ्य मन्त्रीको आकस्मिक निरीक्षण