ताजा अपडेट »

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर काँग्रेस सरकारमा जाने, मन्त्री बन्न ४ मापदण्ड

आइतबार, ०५ चैत्र २०७९, १२ : ०२
39 Shares

बुटवल । नेपाली कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने भएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज आइतवार विहान बसेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

कार्यसम्पादन समितिको यो निर्देशनलाई अब बस्ने संसदीय दलको बैठकले अनुमोदन गर्नेछ । यसअघि २६ पुसमा पनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । राष्ट्रपति निर्वाचनमा कांग्रेस र माओवादी मिलेपछि एमाले सरकारबाट बाहिरिन पुग्यो । यसपछि कांग्रेस सरकारमा सहभागी हुने तयारीमा छ । सोमवार प्रधानमन्त्रीले विश्वासको मत लिएपछि दुईÞ÷तीन दिनभित्रमा सरकार विस्तार गर्ने तयारी छ ।

बैठकले मन्त्री बनाउन चारवटा मापदण्ड तोकेको छ । योग्यता, क्षमता, आपसी समझदारी र सन्तुलन कायम राखेर मन्त्रीलाई सरकार पठाउने निर्णय गरेको कांग्रेसले जनाएको छ । कांग्रेसभित्र पाँच जना ‘हेभीवेट’ नेताबिच सरकारको नेतृत्व गरेर जान हानथाप चलिरहेको छ । उपसभापति पूर्णबहादुर खड्का, नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला र प्रवक्ता प्रकाशशरण महत कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जान चाहेको देखिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।