१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023


भैरहवा । द राईजिङ्ग क्लब अफ बर्दिहवाको आयोजना तथा ओमसतिया गाउँपालिकाको सहयोगमा कर्मडाडामा जारी अध्यक्ष कप–२०७९ मा वडा नम्बर २ र वडा नम्बर ४ विजयी भएका छन् ।

Advertisement

वडा नम्बर १ र वडा नम्बर २ बिच भएको पहिलो खेलमा वडा नम्बर २ १८ रनले विजयी भएको छ । टस हारेर ब्यटिङ्गको निम्तो पाएको वडा नम्बर २ को ले १ सय ५५ बनाएको थियो । उसको लागि तुल बहादुरले सर्वाधिक ७७ रनाए । २५ बल खेलेका तुल बहादुरले ९ छक्का र ३ चौका प्रहार गरेका थिए । यस्तै बिकासले २२ रन बनाए भने सुदिपले १० रन बनाए । बलिङ्ग तर्फ वडा नम्बर १ का लाल बहादुरले ३ विकेट लिए भने दिल बहादुर र मिर्नालले समान २÷२ विकेट लिएका थिए ।

१ सय ५६ रनको लक्ष्य लिई खेल सुरु गरेको वडा नम्बर १ को टिम निर्धारित १५ ओभरमा १ सय ३७ रन मात्र बनाउन सक्यो । वडा नम्बर १ का लागि रुप नारायणले ३५ रन बनाए भने लाल बहादुरले ३२ रन र रुद्रले १७ रनको ब्यक्तिगत योगदान दिए । बलिङ्ग तर्फ वडा नम्बर २ का अभिषेकले ३ विकेट लिए । खेलका प्लेयर अफ द म्याच वडा नम्बर २ का तुल बहादुर भए ।

शनिबार नै सम्पन्न गाउँपालिका ए र वडा नम्बर ४ का बिच सम्पन्न दोश्रो खेलमा वडा नम्बर ४, ८ विकेटले विजयी भएको छ । टस हारेर ब्यटिङ्गका लागि आमन्त्रित गाउँपालिका ए को टिम निर्धारित १५ ओभर खेल्दै १ सय ६ रन बनाएको थियो । गाउँपालिका ए को लागि मान बहादुरले सर्वाधिक ३७ रन बनाउदा बिरेन्द्रले १४ रन र मनोजले ११ रन बनाए । बलिङ्ग तर्फ वडा नम्बर ४ का बिश्वास र उज्वलले २÷२ विकेट लिए ।

१ सय ७ रनको लक्ष्य पाएको वडा नम्बर ४ १० ओभर खेल्दै २ विकेटको नोक्सानीमा लक्ष्य भेट्टाएको थियो । उसका लागि सन्देशले ५० रन बनाए । २७ बल खेलेका उनले ६ छक्का र १ चौका प्रहार गरेका थिए । यस्तै २३ बलमा ६ छक्का,१ चौका प्रहार गरि पिन्टुले अविजित ५० रन बनाएका थिए । बलिङ्ग तर्फ गाउँपालिका ए का मान बहादुर र साहिलले समान १÷१ विकेट बाडेका थिए । खेलमा वडा नम्बर ४ का पिन्टु सहानी प्लेयर अफ द म्याच घोषित भए ।

आईत बारको पहिलो खेल वडा नम्बर १ र गाउँपालिका बि का बिच तथा दोश्रो खेल वडा नम्बर ३ र गाउँपालिका ए का बिच हुने आयोजक द राईजिङ्ग क्लब अफ बर्दिहवाका राकेश गुप्ताले जनाए । द राईजिङ्ग क्लब अफ बर्दिहवाको आयोजना तथा ओम सतिया गाउँपालिकाको सहयोगमा प्रतियोगिता चैत्र १ गते देखि ९ गते सम्म सञ्चालन हुनेछ । गाउँपालिकाका ६ वटै वडाका टिम र गाउँपालिकाको दुई टिम गरि प्रतियोगितामा ८ टिम रहेका छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार ६० हजार, द्वितिय पुरस्कार ३० हजार रहेको द राईजिङ्ग क्लब अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ताले बताए । यसको साथै प्रतियोगिताको म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याटर लगायतलाई पनि पुरस्कृत गरिने गुप्ताले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु