१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

मुम्बई । अभिनेता आमिर खानले अर्का अभिनेता शाहरुख खानका कारण आफ्नो फिल्म ‘लाल सिंह चड्डा’लाई फाइदा भएको दाबी गरेका छन् । हालै आमिरलाई साउथ फिल्मको बढ्दो लोकप्रियताका विषयमा सोधिएको प्रश्नमा शाहरुखले ‘लाल सिंह चड्डा’लाई ‘केजीएफ २’सँग द्वन्द्व हुनबाट बचाएको खुलासा गरेका हुन् ।

आमिरका अनुसार शाहरुखको रेड चिलिज कम्पनीले उनको फिल्मको भीएफएक्स बनाउन ढिलाई गरेका कारण ‘केजीएफ २’सँग भिड्नबाट फिल्म जोगिएको थियो ।‘हिन्दी दर्शकमा केजीएफ २ को जबरदस्त उत्साह थियो, त्यसकारण मेरो फिल्म ढिलो रिलिज भएको हो’, उनले भनेका छन्, ‘जुन समयमा केजीएफ २ रिलिज हुने तयारीमा थियो, मेरा केही पुराना साथीहरु र हिन्दी दर्शकबीच त्यो फिल्मलाई लिएर गज्जबको उत्साह थियो । लाल सिंह चड्डा पनि सोही दिन रिलिज हुने तयारीमा थियो, तर हामी यसकारण भाग्यशाली रह्यौं कि रेड चिलिज इन्टरटेनमेन्ट फिल्मको भीएफएक्समा थोरै समय लिइरहेका थिए । यसकारण हामी बच्यौं ।’आमिरको फिल्म सिंगल रिलिज भए पनि दर्शकले फिल्म मनपराएनन् । फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भयो । यो फिल्म सन् १९९४ को हलिउड फिल्म ‘फरेस्ट गम्प’को अफिसियल हिन्दी रिमेक थियो ।करिब १ सय ८० करोडमा बनेको आमिरको फिल्मले विश्वव्यापी रुपमा १ सय ३० करोडमात्र कमाउन सक्यो । फिल्ममा करीना कपूर खान, नागा चैतन्य र मोना सिंहको पनि अभिनय थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा