ताजा अपडेट »

एक्स आर्मी इङ्गलीस स्कुलको अभिभावक दिवस तथा पुरस्कार वितरण

सोमबार, २९ फागुन २०७९, १७ : ०५
32 Shares

बुटवल । बुटवलको बेलबास स्थित एक्स आर्मी इङ्गलीस सेकेन्डरी स्कुलको २७ औँ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर पुनको अध्यक्षता र बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेयले उपमहानगरपालिकाले सरकारी र नीजि विद्यालयहरुलाई समान व्यवहार गर्ने बताए ।

जहाँको शिक्षाको गुणस्तर राम्रो छ त्यहाँको समाज पनि राम्रो हुने भएकाले शिक्षाको गुणस्तरमा विशेष ध्यान दिनका लागि आग्रह गरे । सडक लगायतका भौतिक पूर्वाधारको निर्माणलाई मात्रै विकास नहुने भएकाले शिक्षाको विकासबाट मात्रै मानव संसाधनको विकास हुन सक्ने उपमहानगर प्रमुख पाण्डेय तर्क छ । साथै बुटवलको शिक्षाको गुणस्तर राम्रो रहेको तर, यहाँका सरकारी र नीजि विद्यालयका अहिलेका भौतिक संरचनाहरुले धेरै समयसम्म धान्न नसक्ने भएकाले विद्यालयको भौतिक पूर्वाधारको विकास थप गर्नु पर्ने बताए । साथै बुटवलको शिक्षाको गुणस्तरलाई अझ माथि उठाउने गरि उपमहानगरपालिकाले नीति बनाउने र शिक्षाको गुणस्तर विकासका लागि सरकारी र नीति दुबै विद्यालयसँग समन्वय र सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर पुनले विद्यालयलाई अझ गुणस्तरीय र प्रभावकारी रुपमा अघि बढाउने योजना रहेको र सोही अनुसार आफुहरुले काम गरिरहेको बताए । साथै २०५२ सालमा सामान्य रुपमा विद्यालयको स्थापना भएको र समयसापेक्ष रुपमा अघि बढाउनका कुनै कसर बाँकी नराख्ने बताए । साथै विद्यालयका प्रध्यानाध्यापक शंकर भट्टराईले यस विद्यालयमा अध्ययन गरेर गएका विद्यार्थीहरुले गरेको प्रगती देख्दा अन्यन्तै खुशि लाग्ने बताए । आग्रामी दिनमा पनि विद्यालयको शैक्षिक गतिविधिलाई अझ व्यवस्थित गरी अघि बढाउन आफु लागि पर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका–१२ का अध्यक्ष डिल्लीप्रसाद शर्मा, हिसानका रुपन्देही अध्यक्ष दिनेश भुसाल, प्याब्सन रुपन्देही अध्यक्ष अन्नतराम शर्मा, सालघारी समाजका अध्यक्ष प्रताप राना, अभिभावक टिका कुमार वलि लगायतले बोल्दै विद्यालयको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण तथा समान गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।