१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

दाङ । लमही नगरपालिका ९ अमिलियाका ७५ वर्षीय जानकी लाल बस्नेतले १२ कठ्ठा बढि आफ्नो जग्गा माया जालमा फसेर गुमाएका छन् । उनका अनुसार तुलसीपुर ५ बस्ने करिब ३८ वर्ष कमला थापासँग माया बसेको थियो । गत जेठ महिनाको अन्तिमदेखि उनीसँग शुरुमा फोनमा कुराकानी भएको भन्दै त्यसपछि उनको मायाजालमा परेर आफ्नो सबै सम्पत्ति उनको नाममा पास गरिदिएको उनले बताए । म ७५ वर्षको भए । मलाई जीवनको सहारा चाहिएको बेला कमलाले मायाको नाटक गरेर जीवनमा साथ दिने भनेपछि उनको नाममा मलाई पाल्न र खानको लागि जग्गा पास गरिदिएको थिए । तर, त्यो जग्गा किनबेचको थैले राखेर उनले पास गरेको मैले थाहा पाए ।

Advertisement

त्यसपछि उनले मसँग मायाको नाटक गरेर मलाई ठगेको भन्न मेरो मनमा लागेको थियो । उनले २०७९ कात्तिक २८ गते कमलाको नाममा १२ कठ्ठा १५ धुर जग्गा पास गरिदिएको भन्दै त्यसदिन देखि उनी आफ्नो सम्पर्कमा नआएको समेत बताए । उनले भने,‘ आफूलाई बाँचुन्जेलको सहारा आवश्यक थियो । त्यसैले गर्दा उनको नाममा आफ्नो सबै सम्पत्ति पास गरिदिए । तर, अहिले उनले मलाई यसरी धोका दिन्छिन्, भन्ने मलाई लागेको थिएन । उनले मसँग कुरा हुँदा पनि मलाई बाँचुन्जेल साथ दिन भने विश्वास दिइनँ । मैले पनि होला भनेर नै जग्गा पास गरिदिए । तर, मलाई अहिले उठीबास लगाइन् । ’

यस्तै उनले आफूले पास गरिदिएको जग्गा बाबा फर्ममा धितोमा राखेर १६ र १७ लाख ऋण लिएको भन्ने कुराको जानकारी पाएको समेत बताए । उनले भने,‘ जग्गा पास गरेपछि उनी मेरो सम्पर्कमा आइनन् । त्यसपछि मैले आफू ठगिएको भनेर प्रहरीमा उजुरी दिएको छु । उनलाई प्रहरीले पक्राउ पनि गरेको छ । ’ उनका अनुसार कमलासँग शुरुमा आफ्ना भेट गराउने गीता सुनार थिइन् । उनीसँग चिनजान भएको हुँदा उनको माध्यमबाट आफूले कमलासँग शुरुमा फोनबाट चिनजान गरेको र पछि कुराकानी गर्दै जादा भेटघाट भएको पनि बताए । उनले भने,‘ दैनिक सयौँ मिनेट हाम्रो फोनमा कुराकानी भइरहन्थ्यो । हप्तामा २ र ३ पटक भेट हुन्थ्यो । म तपाईँलाई साथ दिन्छु, तपाईँलाई पाल्छु भन्ने जस्ता कुरा हुन्थ्यो । भेटमा पनि त्यही कुरा हुन्थ्यो । जसले गर्दा मलाई उनको धेरै विश्वास लाग्यो । ’

यस्तै उनले जग्गा मात्र नभइ नगद र सुन समेत दिएको बताए । उनका अनुसार जग्गा पास गर्दा लगायत अन्य समयमा गरेर एक लाख बढि नगद र सुनको औंठी समेत दिएका थिए । जग्गा पास गर्दा कमलासँग पैसा नहुँदा आफूले ऋण ल्याएर पैसा दिएको समेत उनको भनाइ छ । आफ्नो श्रीमतीको करिब १० वर्ष पहिले निधन भएपनि आफूलाई पाल्न मान्छेको आवश्यक परेको हुँदा कमलाको माया जालमा फसेको पनि बताए । उनले भने,‘ मेरा छोराछोरी, बुहारी छन् । तर, म अहिले एक्लै बस्दै आएको छु । मलाई बुढेसकालमा साथ दिन मान्छेको आवश्यक थियो । उनले पनि मलाई पाल्छु, भन्दै आएकी थिइन् । तर, यसरी नै ठग्छिन् भन्ने लागेको थिएन । अहिले म न घरको न घाटको भएको छु । अब मेरो बस्ने ठाउँ छैन् । भएको सम्पत्ति अर्कैको नाममा गरिदिए पनि मलाई छोराछोरीले पनि अब हेर्दैन । अब त्यो जग्गा पाएन, भने म मर्नुको विकल्प छैन् ।’

यस्तै उनले अहिले आफ्नो जग्गाको मूल्य करिब ५ र ७ लाख प्रतिकठ्ठा मूल्य रहेको पनि बताए । यस्तै कमलाका २ वटी छोरीहरू रहेको र पहिलाको श्रीमानसँग डिभोर्स दिनको लागि अदालतमा मुद्दा दिएको र त्यो फैसला भएपनि आफूसँग विवाह गर्ने भनेर आश्वासन दिएर आफूलाई ठगेको पनि उनको आरोप छ । उनले अब आफूलाई आफ्नो जग्गा चाहेको पनि बताए । उनले भने,‘ म सोझो मान्छेलाई यसरी जालझेल गरेर फसाई । मैले यस्तो होला, भनेर उनीसँग माया पनि गरेको थिएन । अहिले पछुतो लागेको छ । मैले म अशक्त हुँदा उपचार गर्नको लागि बचाएको सम्पत्ति सबै दिएको छु । अब मलाई कसले हेर्ला र रु ’ अब अन्त गएर काम गर्ने अवस्था पनि नभएको र भएको सम्पत्ति अर्कैको नाममा गरिदिँदा आफूलाई कसैले नहेर्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली