११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

काठमाडौं। आगामी १७ चैत १७ मा  रिलिज हुने फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलरमा फिल्मका प्रमुख तीन पात्र शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ ।

फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा बनेको हो । ट्रेलरको सुरुवातमा काठमाडौंमा शिवजीको मूर्ति देखाइएको छ । दृश्यले काल्पनिक काठमाडौंको कथालाई चित्रण गर्न खोजेको जस्तो देखिन्छ ।ट्रेलरमा कारभित्र रहेका अरुण र सृष्टिको दृश्य देखाइएको छ । घाइते अवस्थामा रहेका अरुणले शुभेक्षाको तस्बिर हेरेपछि ट्रेलरमा कथाको पृष्ठभूमि प्रस्तुत गरिएको छ ।ट्रेलरमा प्रमुख तीन पात्रबीचको प्रेम र द्वन्द्वलाई प्रष्ट रुपमा देखाइएको छ । ट्रेलरले प्रेममा हुने विश्वास र धोकालाई पनि प्रस्तुत गरेको छ । ट्रेलर हेर्दा दर्शकमा केही कौतुहलता पैदा गर्छ ।काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ ।

फिल्म ‘प्रेमा’ विवेक घिमिरे र गोविन्द सिंह भण्डारीले निर्माण गरेका हुन् । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेलको डीओपी छ । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा