ताजा अपडेट »

निर्देशक श्याम बेनेगलको दुवै मिर्गौला खराब

शुक्रबार, २६ फागुन २०७९, १४ : २५
40 Shares
शुक्रबार, २६ फागुन २०७९
40 Shares

मुम्बई । भारतीय फिल्म निर्माता तथा निर्देशक श्याम बेनेगलको दुवै मिर्गौला खराब भएको छ । दुई दिन अघि स्वास्थ्य परीक्षणका क्रममा उनको मिर्गौला खराब भएको खुलेको हो । उनको हाल घरमा उपचार भइरहेको छ र डायलिसिस पनि जारी छ ।बेनेगलले पनि आफ्नो स्वास्थ्य खराब भएको पुष्टि गरेका छन् । ‘म स्वस्थ छैन । डाक्टरले आराम गर्न सल्लाह दिएका छन् । मेरो मेडिकेसन चलिरहेको छ । अहिले घरमै डायलिसिस गरिरहेको छु,’ उनले भनेका छन् ।

श्यामका कार्यालयका कर्मचारीले उनको स्वास्थ्य केही दिनअघिसम्म ठिक रहेको बताएका छन् । कर्मचारीका अनुसार दुई तीनदेखि अफिस नआएका श्याम नियमित रुपमा आफ्नो प्रोजेक्टको योजना बनाइरहेका थिए ।उनको बंगलादेश सरकारसँगको ‘मुजीबः द मेकिङ अफ ए नेसन’ फिल्म तयारी अवस्थामा छ । यो फिल्म बंगलादेशको पहिलो राष्ट्रपति मुजीबुर्रहमानको जिन्दगीमा आधारित छ । यद्यपि विवादका कारण फिल्मको रिलिज सरिरहेको छ ।श्यामले ‘जुबैदा’, ‘द मेकिङ अफ द महात्मा’, ‘नेताजी सुभाषचन्द्र बोसः द फरगोटन हीरो’, ‘मण्डी’, ‘आरोहन’, ‘वेलकम टु सज्जनपुर’ जस्ता फिल्म बनाएका छन् । उनका फिल्मले ८ वटा राष्ट्रिय अवार्ड जितिसकेको छ । उनले दादा साहब फाल्के सम्मान पनि पाएका छन् ।श्यामले हालसम्म २४ फिल्म, २५ डकुमेन्ट्री र १५ एड फिल्म बनाएका छन् । फिल्म जगतमा योगदान दिएको भन्दै उनले सन् १९७६ मा पद्मश्री सम्मानसमेत पाएका थिए ।

उनले भारतीय फिल्ममा नसीरुद्दीन शाह, ओम पुरी, अमरीश पुरी, अनन्त नाग, शबाना आजमी, स्मिता पाटिल र छायांकार गोविन्द निलहानीलाई भित्र्याएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।