१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

बुटवल । जनकल्याण बचत तथा ऋण सहकारी संस्था र चन्द्र सूर्य सहकारी संस्था बीचको एकीकरणसँगै विहिबार बुटवलमा भएको भेलाले सेवा केन्द्र स्थापना तथा सञ्चालक समिति गठन गरेको छ । चन्द्र सूर्यलाई सेवा केन्द्रका रुपमा विस्तार गरिएको हो ।

Advertisement

यसैगरी एकिकरणपछि जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका लागि सुरज भट्टराईको अध्यक्षमा सञ्चालक समिति गठन गरिएको हो । यसअघि बनेको तदर्थ समितिलाई मान्यता दिँदै बनेको नयाँ सञ्चालक समितिलाई संस्थापक अध्यक्ष तथा सहकारी अभियान्ता जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सपथ तथा गोपनीयताको सपथ गराएका छन् ।

सहकारीको उपाध्यक्षमा डिल्लीराज अर्याल, सचिव यादव प्रसाद भण्डारी, कोषाध्यक्ष गंगाप्रसाद ढकाल, सह-सचिव लक्ष्मी प्रधान र सह-कोषाध्यक्ष मणी प्रसाद अधिकारी रहेका छन् । सदस्यहरुमा इन्द्रप्रसाद भट्टराई, रोजी गौचन, शारदा ज्ञवाली र यमलाल पन्थ रहेका छन् । यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा खेमानन्द अर्याल तथा सदस्यहरुमा माधव गौतम र पवित्रा पन्थी(आचार्य) रहेका छन् ।

सहकारी एकीकरण भएपछि आयोजना गरिएको प्रारम्भिक भेला तथा चन्द्र सूर्य सेवा केन्द्र शुभारम्भको अवसरमा बोल्दै लुम्बिनी प्रदेश सहकारी दर्ता कार्यालयका प्रमुख भिमप्रसाद तिवारीले सहकारी मर्यादा र सीमा रहेर कारोबार गर्न सुझाब दिए । सदस्यहरुलाई सहकारीको माध्यमबाट उत्पादनमा जोड्न आग्रह गर्दै उनले प्रदेशभित्र रहेका सहकारीहरुलाई नियमन गरी त्यसतर्फ प्रेरित गरिने उल्लेख गरे । यसैगरी सहकारीका संस्थापक अध्यक्ष तथा अभियान्ता भिम तुलाचनले केही सहकारीहरुले आफ्नो मर्यादा र सीमा बाहिर गएर कारोबार गर्दा आर्थिक संकटमा बसेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै सञ्चालक समितिका अध्यक्ष सुरज भट्टराईले वर्तमान समयमा सहकारी क्षेत्रको वातावरण निकै खराब हुँदै गएको भएपनि सहकारी नीति अनुसार चलेका र स्थानीयको नियन्त्रणमा रही सञ्चालनमा रहेका सहकारीहरुमा त्यस्तो समस्या नभएको प्रष्ट पारे । जिल्ला बाहिर मुख्य कार्यालय स्थापना गरी स्थानीय स्तरको पूँजी पलायन गर्ने र त्यस अनुसारको व्यवस्थापन गर्न नसक्ने सहकारीहरुमा जोखिम बढी रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली