७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा भएको रोहिणी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि युनिक होम्स इङलिस बोर्डिङ हाई स्कूल, धकधईले जितेको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको उपाधि युनिक होम्सले जितेको हो ।

Advertisement

रोहिणी–३ स्वामीनगर, धकधईस्थित श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा फागुन १९ देखि २१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न खेलमा ९ स्वर्ण, ४ रजत र ५ काश्य गरी कुल १८ पदक प्राप्त गर्दै युनिक होम्सले रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेको रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य तथा प्रमुख प्रशिक्षक कृष्ण शाक्यले बताए । उनकाअनुसार छिपागढ माध्यमिक विद्यालयले ६ स्वर्ण, ३ रजत र १ काश्य गरी कुल १० पदक प्राप्त गरी द्वितीय भएको छ । त्यस्तै पजरकट्टी माध्यमिक विद्यालय ४ स्वर्ण, १ रजत र २ काश्य गरी कुल ७ पदक प्राप्त गरी तृतीय भएको छ ।

त्यसै गरी अध्यक्ष कप भलिबल प्रतियोगितामा जनचेतना आधारभूत विद्यालय प्रथम र पजरकट्टी माध्यमिक विद्यालय द्वितीय भएको रोहिणी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति सदस्य तथा गाउँपालिकाका शिक्षा अधिकृत मधु प्रसाद घिमिरेले बताए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी युनिक होम्स इङलिस बोर्डिङ हाई स्कूलका देवनारायण घर्ती घोषित भएका छन् । समापन समारोहमा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयलाई रोहिणी गाउँपालिकाका अध्यक्ष एवं प्रतियोगिताका व्यवस्थापन तथा निर्देशन समितिका संयोजक विद्या प्रसाद यादवले शिल्ड (पुरस्कार) प्रदान गरेका थिए ।

समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको बताए । उनले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित रुपमा सञ्चालन गर्ने बताए । प्रतियोगिताअन्तर्गत भलिबल, एथलेटिक्स, कराँते लगायतका खेलकुद भएको थियो । रोहिणी गाउँपालिकाका शिक्षा अधिकृत मधु प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न प्रतियोगिताको समापन समारोहमा श्री रामनरेश यादव आदर्श नमूना माविका प्रधानाध्यापक एवं प्रतियोगिताका व्यवस्थापन तथा निर्देशन समितिका सदस्य सचिव राम सुरेश वर्मा, प्रशिक्षक, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतियोगिताका प्रशिक्षकहरुलाई सम्मान-पत्र प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल