८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

बुटवल । शुद्धोधन गाउँपालिकाका नीति तथा सरकारी विद्यालयमा विभिन्न विभिन्न रचनात्मक, शिक्षाप्रथ कार्यक्रम सम्पन्न भएका छन । केही हप्ता अगाडी नीजि विद्यालयको छाता संगठन रेप्साद्वारा फर्साटिकरमा रहेको सिद्धार्थ बोडिङ्गहाई स्कुलमा शैक्षिक गतिविधी, खेलकुद, नृत्य लगायत क्षमता विकास र विद्याथीको सृजनशिलता अभिबृद्धि गर्ने खालका कार्यक्रम संचालन भएका छन।

Advertisement

कार्यक्रमले अनुशासन, लगनशिलता र बिधार्थीको मानसिक चिन्तनमा निखार ल्याउँने कुरा विधालयका प्रधानध्यापक डिल्लीराम पौडेलले बताए । रेप्साको कार्यक्रम लगतै नीजि विद्यालयको साझा संगठन पेष्टाले पनि विभिन्न शैक्षिक गतिविधिमा आधारित विद्यार्थीको मनोबल बृद्धिका लागि लिटल फ्लावर सेकेन्डरी स्कुल मा कार्यक्रम आयोजना गरेको थियो । संगठानिक संरचना अनरुप रेप्सा र पेष्टा विद्यालय, शिक्षक र विद्यार्थीको हकहित र मार्गदर्शनका लागि संगठित भएपनी यस क्षेत्रमा रेप्सा र पेष्टा प्रतिस्प्रधात्मक संस्थाको रुपमा देखापरेका छन ।

तथापी शिक्षामा गुणस्तर अभिबृद्धि, प्रभावकारी नियमन र समन्वायत्मक शैक्षिक संस्कृति विकासका लागि दुबै संस्था सकारात्मक रुपमा सक्रिय भएका छन । लिटल फ्लावर सेकेन्डरी स्कुलका प्रध्यनाध्यापक पान कुमार फौदारले नीजि विद्यालयले समाज रुपान्त्रणमा खेलेको भुमिका असाधारण रहेको कुरा बताएका छन । शैक्षिक कार्यक्रम अन्तर्गत यस फर्साटिकर बजारको मुटुमै रहेको फर्साटिकर मा.वि सरकारी विद्यालयले पनि २०७९ सालका एस.इ.ई दिने परीक्षार्थीहरुलाई शुभकामना सहित बिदाई कार्यक्रम गरेका थिए ।

सो कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिका प्रमुख बिष्णु प्रसाद बस्यालले स्थानीय तहको साथ र सहयोग हरदम रहनेमा जोड दिएका थिए भने गाउँपालिकाका प्रवक्ता तथा वडा नं ४ का वडा अध्यक्ष केशव प्रसाद अधिकारीले शिक्षा नै विद्यार्थीको भविष्य रहेको कुरा प्रष्टाएका थिए । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नर बहादुर घर्तीले फर्साटिकर मा.वि ले उल्खनीय सुधार गर्दै गईरहेको बताए । विद्यालयका प्रध्यानाध्पाक देव राज पौडेलले विद्यार्थी, अभिभावक र शिक्षकको सहकार्यतानै विद्यार्थीको असली परिणाम भएको बताएका थिए ।

हालै नीजि विद्यालय अन्तर्गतको फर्साटिकरमा रहेको ड्रिम भिजन स्कुल अफ फर्साटिकरले वार्षिक उत्सब कार्यक्रम एक समारोहका बिच सम्पन गरेको छ । विद्यार्थीद्वारा स्वास्थिक वाचन, नृत्य, कबिता वाचन , खेलकुद गतिबिधी लगाएतका कार्यक्रम संचालन गरेका थिए । विद्यालयका प्रध्यानाध्यापक चुरामणी डुम्रेलेले नैतिक र चारित्रिक रुपमा विद्यार्थीको भविष्य निर्माण गर्न आजको शिक्षा सांस्कारिक र व्यवहारिक हुनु पर्नेमा जोड दिएका थिए ।

यी अभ्यास द्रारा नै विधार्थीमा नबिनता ,उत्सुकता , आत्मबल र दृढविश्वास कायम हुने कुरामा समाजका समाजशेवी, बोद्धिक जगतको जिकर थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर