ताजा अपडेट »

दुर्गा प्रसाईँले गरे आन्दोलनको घोषणा, संघीयता खारेजी लगातका १० बुँदे माग

मंगलबार, १६ फागुन २०७९, १४ : ३९
44 Shares
मंगलबार, १६ फागुन २०७९
44 Shares

काठमाण्डौं । व्यापारी दुर्गा प्रसाईँले पूर्व राजा ज्ञानेन्द्र शाहलाई अघि सार्दै १० बुँदे मागसहितको आन्दोलन घोषणा गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म/संस्कृति र नागरिक बचाउ महाभियनाको नाममा प्रसाईँले आन्दोलनको घोषणा गरेका हुन् ।

पुनः प्रजातन्त्र प्राप्तिका लागि आम नेपाली जनसमुदायलाई माया गर्दै पूर्व राजालगायत राजपरिवारका सदस्यलाई नागरिकको हैसियतमा यो आन्दोलनमा सहभागी हुन संविधानले कुनै अवरोध नभएको प्रसाईँले पत्रकार सम्मेलनमा बताए । पत्रकार सम्मेलनमा महाअभियानले सङ्घीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागु गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रिय करण गर्नुपर्ने माग गरेको छ ।

यस्तै २० लाख भन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत ब्याजदरमा दिनुपर्ने, ऋणलाई पुनर्संरचना गरी १५ वर्षसम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्ने, सरकारको मातहतमा रहेका सङ्घ संस्थाहरूको पुँजी बैंकमा राख्दा शून्य प्रतिशत ब्याजमा राखिनुपर्ने, निजामती कर्मचारीको तलब सुविधा १ लाख ५० हजार हुने ग्यारेन्टी गर्नुपर्ने, सर्वोच्चमा १०० जना न्यायाधीश थप गरेर सबै मुद्दाको छिनोफानो २ वर्षभित्र गर्नुपर्ने जस्ता माग पनि गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।