ताजा अपडेट »

कानुङ बचत तथा ऋण सहकारीद्वारा आफ्ना सदस्यहरुलाई अभिमूखिकरण

शनिबार, १३ फागुन २०७९, १९ : ५३
30 Shares

बुटवल । कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले आफ्ना सदस्यहरुलाई आधारभूत सहकारी शिक्षा तथा सदस्यता अभिवृद्धि तालिम प्रदान गरेकाे छ । तालिममा सहकारीका आर्थिक एवम् सामाजिक गतिविधिकाे ऐना तथा सदस्यता अभिवृद्धिका १२ पाईलाहरु बारे सहजकर्ताका रुपमा अभियन्ता दलबहादुर गुरुङले प्रस्तुत गरेका थिए ।

वित्तीय संकटका बेला सहकारीकाे भूमिका, सदस्यहरुले पालना गर्नपर्ने नियमहरु र सञ्चालकहरुका काम, कर्तव्यका बारेमा समेत सहजकर्ता गुरुङले प्रष्ट पारेका थिए । तालिममा संस्थाका अध्यक्ष टाेपबहादुर थापाले आफ्नाे सहकारीले सहकारी सिद्धान्त, मूल्यमान्यता पालना गर्दै सदस्यहरुकाे आर्थिक एवम् सामाजिक उत्थानका निम्ति गतिशील रहेकाे बताए ।

उक्त तालिममा सञ्चालक समितिका काेषाध्यक्ष युवराज काउचा, शिक्षा उपसमिति संयाेजक ठमी थापा, सदस्यता अभिवृद्धि उपसमितिका सदस्य पीताम्बर पुन, गंगाप्रसाद राना, गिरिबहादुर राना लगायतले तालिमबाट मनग्य कुरा सिक्ने अवसर मिलेकाे र वर्तमान आर्थिक संकटकाे बेला आफ्नाे सहकारीका बारेमा जान्ने र बुझ्ने अवसर मिलेकाेमा आयाेजक सहकारीप्रति आफूहरु कृतज्ञ रहेकाे बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।