ताजा अपडेट »

विश्वकप लिग खेल्न दुबई जान माग गर्दै सन्दीपले दिएको निवेदनमाथि १५ औँ नम्बरमा सुनुवाइ

शुक्रबार, १२ फागुन २०७९, १२ : ५१
9 Shares

काठमाडौं । आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले दिएको निवेदनमाथि शुक्रबार सर्वाेच्च अदालतमा सुनुवाइ हुँदै छ । नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो । 

उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग-२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो । उक्त निवेदनमाथि सुनुवाइ गर्न शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा पेसी तोकिएको छ । खतिवडाको इजलासको १५औँ नम्बरमा सन्दीपको निवेदनमाथि सुनुवाइ हुनेछ । 

लामिछानेमाथि नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौं विचाराधीन छ । 


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।