ताजा अपडेट »

ट्याक्टरबाट खसेर चालकको मृत्यु

आइतबार, ०७ फागुन २०७९, ११ : ५३
6 Shares

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १६ सुख्खा बन्दरगाहमा  ट्याक्टरबाट खसेर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० वर्षीय भारतीय नागरीक जय प्रकाश बर्मा रहेका छन् । गम्भीर घाइते भएका बर्माको उपचारको लागी अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो ।

भारतीय नम्बरको ट्याक्टरको टायर फुस्किएर बर्मा ट्याक्टरबाट  खसेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।