ताजा अपडेट »

गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान

शनिबार, ०६ फागुन २०७९, १४ : ५७
12 Shares

बुटवल । गुल्मी जिल्लाको मालिका गाउँपालिका–४ अर्खावाङ्ग रुपन्देही सम्पर्क समाजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार रक्तसञ्चार सेवा केन्द्र बुटवल शाखाको प्राविधिक सहयोगमा रक्तदान गरिएको कार्यक्रम संयोजक बाबुराम रेग्मीले जानकारी दिए ।

रक्तदान कार्यक्रममा सम्पर्क समाजका सदस्यसहित ३५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक रेग्मीले बताए ।रगत र रक्ततत्वको अभाव हुन नदिने उद्धेश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको सम्पर्क समाजका अध्यक्ष विरेन्द्र अर्यालले बताए । साथै सम्पर्क समाज स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको बताउदै अध्यक्ष अर्यालले आगामी दिन आफुहरुले सक्दो कार्य गर्न गर्ने बताए ।

रक्तदान कार्यक्रम सम्पर्क समाजका अध्यक्ष विरेन्द्र अर्यालको अध्यक्षता, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाका अध्यक्ष कृष्ण चौहानको प्रमुख आथित्यता, उपाध्यक्ष प्रेमबहादुर अर्यालको स्वागत मन्तव्य र सचिव टेकराज रेग्मीको संचालनमा सम्पन्न भएको थियो । सम्पर्क समाजले यस अघि पनि रक्तदान कार्यक्रम गर्ने गरेको थियो ।

२०७० सालमा स्थापना भएको सम्पर्क समाजले अर्खवाङ्गलाई एम्बुलेन्स प्रदान गर्नुका साथै आर्थिक अवस्था कमजोर भएका समाजका सदस्यहरुलाई आर्थिक सहयोग गर्ने गरेको छ । सम्पर्क समाजमा अहिले ३७ जना आजीवन सदस्य, १ जना मानार्थ सदस्य र १०४ जना साधारण सदस्य रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।