ताजा अपडेट »

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे मृत्यु

शुक्रबार, ०५ फागुन २०७९, १२ : ४८
18 Shares

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका ६ रामडाडाँमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

चितवनबाट मनहरीतर्फ जाँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको ग १५ प ३९६९ नम्बरको स्कुटर शुक्रबार बिहान साढे ६ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा कास्कीको निर्मल पोखरी २ बस्ने ३८ वर्षीया अमृता परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ  । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।