ताजा अपडेट »

जुवातास खेलिरहेका सात जना पक्राउ

बुधबार, ०३ फागुन २०७९, १३ : ४५
32 Shares

काठमाडौं । नागार्जुन नगरपालिका-२ नाम्गेलस्थित जयफुल रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय छिरङ शेर्पा समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सो रेष्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई जुवा खेल्न प्रयोग गरेको नगद २३ हजार ७ सय १५ रुपैयाँ र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।    

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।