ताजा अपडेट »

भक्तपुरकाे कुखुरा फार्ममा आगलागी

सोमबार, ०१ फागुन २०७९, १० : ४६
8 Shares

भक्तपुर ।  भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेल जाकृति चोकको एउटा कुखुरा फाममा आगलागी भएको छ । सोही स्थान बस्ने ध्रुव दाहालको जग्गा भाडा लिई काठमाडौ कोटेश्वर घर भएकी वर्ष ४३ की विना गुरुङकाे कुखुरा फर्ममा आगलागी भएको हो । 

कुखुराको चल्लालाई तापक्रमको लागि राखेको ग्यास सिलिन्डर लिक भई अचानक आगोलागी भएको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको कमाण्डमा ३० जनाको टोली र २ वटा दमकल खटिगएर आगो निभाउन सफल भएको परिसरका एसपी प्रजित केसीले जनाए ।

नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा पूर्ण रुपमा आगो नियन्त्रणमा लिन सफल भएको जनाइएको छ । आगलागीबाट मानवीय क्षति हुन नपाएको जनाइएको छ । आगलागीबाट ब्राेईलर कुखुराको चल्ला १८ सयवटा  र  कुखुराको फर्म गरी जम्मा ९ लाख   बराबरको क्षति भएको अनुमान गरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।