ताजा अपडेट »

बलात्कार आराेपमा एक जना पक्राउ

आइतबार, २९ माघ २०७९, १३ : ५४
22 Shares

उदयपुर । २२ वर्षीया महिलालाई जरबजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका-५ गैरी गाँउ बस्ने ६५ वर्षीय असल मान परियारलाई प्रहरीले पक्राउ गरेको छ । 

परियारले ती महिलालाई बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।