ताजा अपडेट »

सरकारी वकिलको कार्यालयले मगायो रवि लामिछानेको नागरिकता र राहदानीलगायत कागजात

विहीबार, २६ माघ २०७९, १४ : ०८
28 Shares

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता, राहदानीलगायत कागजात जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मगाएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेले आफूहरूले लामिछानेविरूद्ध परेको जाहेरीमाथि छानबिनका लागि ती कागजपत्र मगाएको जनाइएको छ ।‘हामीले उहाँका काठमाडौँ जिल्ला प्रशासन कार्यालय, राहदानी विभागबाट जारी भएका नागरिकता, राहदानी र अध्यागमन विभागबाट पनि आवश्यक कागजात मगाएका हौं,’ उनले भने, ‘त्यहाँबाट कागजात आएपछि अध्ययन गरेर निर्णय गर्छौं ।’

युवराज पौडेलले जिल्ला प्रहरी परिसरमा निवर्तमान गृहमन्त्री रवि लामिछानेले कायम नभएको नागरिकता चलाएको र झुठा विवरण दिएर राहदानी बनाएको भन्दै जाहेरी दिएका थिए ।काठमाडौँ प्रहरीले उक्त जाहेरी दर्ता गर्न नमानेपछि पौडेलले सरकारी वकिल कार्यालयमा जाहेरी दिएका थिए ।सरकारी वकिल कार्यालयले उनको जाहेरीमा उल्लेखित विवरणहरू हेरेर दर्ता गर्नुपर्ने भए दर्ता गर्न र नपर्ने भए नगर्न प्रहरीलाई निर्देशन दिने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।