ताजा अपडेट »

टर्की भूकम्पप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

सोमबार, २३ माघ २०७९, १५ : ०२
65 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहान टर्कीमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे दक्षिणी टर्कीलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो । पछिल्लो विवरणअनुसुार उक्त भूकम्पमा परेर २ सय भन्दा बढी मानिसको ज्यान गएको छ । 

सो घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरेका हुन् । सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले टर्कीमा गएको  विनासकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुख व्यक्त गरेका हुन् । साथै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गरेका छन् । टर्कीमा आएको विनासकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दछु। मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले फेसबुकमा लेखेका छन् । 

सो भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति गरेको छ । लगातार पराकम्प आइरहेकाले उद्धारमा समस्या भएको छ भने मृतकको संख्या बढ्ने अनुमान उद्धारकर्मीहरुले बताएका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।