१२ चैत्र २०७९, आईतवार

Mar 26, 2023

बुटवल । रुपन्देहीको बुटवल स्थित वीरगाथामा बचत तथा ऋण  सहकारीले आफ्ना कार्यसमिति तथा उपसमितिका सदस्यहरुका लागि सहकारी सञ्चालन र व्यवस्थापन सम्बन्धि तालिम सञ्चालन गरेको छ । सहकारीले शुक्रबा बुटवलमा तालिम सञ्चालन गरेको हो ।

सहकारी स्थापनाका उद्देश्य, वर्तमान गतिविधि र भविष्यमा उत्कृष्ट एवम् नमूना सहकारी बनाउनका निम्ति आवश्यक सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा सहकारी अभियान्ता दलबहादुर गुरुङले सहजीकरण गरेका थिए । साथै उद्यमशीलता, लघु-उद्यम सञ्चालन र सदस्यता अभिवृद्धिका निम्ति अपनाउनु पर्ने १२ पाईलाका बारेमा समेत गुरुङले प्रष्ट्याएका थिए । तालिममा संस्थाका ज्येष्ठ सदस्य एवम् लेखक जंगबहादुर शाहकाे विशेष उपस्थिति रहेकाे थियाे ।

तालिमले सहकारीलाई अघि बढाउन सहज हुने र नियमित तालिमले सञ्चालक र सदस्यहरुलाई फाईदा पुग्ने लेखक शाहले बताए । सहभागीहरुका तर्फबाट शान्ति थापा र भद्रबहादुर थापाले आफ्ना अनुभव ब्यक्त गरेका थिए । तालिममा संस्थाकी उपाध्यक्ष गीतारानी बलाल मगरकाे स्वागत, सचिव मनमाया थापाकाे सञ्चालन र अध्यक्ष राजबहादुर थापाकाे अध्यक्षता रहेकाे थियाे ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी