११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रमा गम्भीर समस्या रहेको बताएका छन् । 

Advertisement

शुक्रबार दिउँसो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५, चनौटेस्थित चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले  गम्भीर अवस्थामा रहेको देशको अर्थतन्त्र सुधार्ने अठोट लिएको बताएका हुन् । 

‘आफुले तेस्रो कार्यकालको जिम्मेवारी सम्हालेको छु । मन्त्रिपरिषदको पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको छु,’ उनले भने, ‘निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु। बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रमा सुधार आउने आधारहरू देखिएका छन् । अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ।’ 

संसदबाट विश्वासको मत लिँदा केही असाधारण परिस्थिति देखिएको बताउँदै उनले प्रतिनिधिसभाबाट आफूलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त स्मरण गराए । 

सांसदबाट पाएको विश्वास आफ्नो लागि निकै ठूलो जिम्मेवारी र चुनौती पनि रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले विकास, सुशासन र समृद्धिको चुनौती एक्लै पूरा गर्ने कार्यमा सहयोग गर्न सबैमा आग्रह गरे । 

विकास र समृद्धि प्राप्तिमा देखिएका चुनौतीको सामना गर्न आमजनता र छिमेकी राष्ट्रको सहयोग आवश्यक पर्ने भन्दै उनले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने पनि बताए । 

चीनको एक अर्बभन्दा बढी लागतमा र्निर्मित रत्नराज्य माध्यमिक विद्यालयको अत्याधुनिक सुविधायुक्त ६ वटा भवन निर्माण भएको चिनिया राजदूत होउ चेन सोङले बताए ।

राजदुत सोङले नेपाल सरकारलाई र नेपाल सरकारले विद्यालयको भवन शुक्रबार समुदायलार्ई हस्तान्तरण गरेका हुन् । भवन निर्माणमा बालुवा, गिटी र ढुंगा मात्रै नेपालको छ । अन्य सबै चीनबाटै ल्याएर चिनियाँ मजदुरबाट निर्माण गरिएको हो । 
 

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी