१२ चैत्र २०७९, आईतवार

Mar 26, 2023

Advertisement

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर १ बेलहियामा अवस्थित श्री बेलहिया माध्यमिक विद्यालयमा नयाँ बालकक्षाको उद्घाटन भएको छ । शैक्षिक तथा खेलकुद सामग्रीसहित आधुनिक तरिकाले अध्यापन गराउन सहज होस भन्ने उद्देश्यका साथ बसन्तपंचमी (सरस्वती पूजा) को शुभदिनमा कक्षाको उद्घाटन गरी संचालनमा आएको हो ।

प्रारम्भिक बाल विकास केन्द्रका बालबालिकालाई लक्षित गरि निर्माण गरिएको बालमैत्री कक्षा उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, वडाध्यक्ष उज्जज्वल पोख्रेल, समाजसेवी देवराज न्यौपाने लगायतले विद्यालयको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

शैक्षिकस्तर सुधार गर्न शिक्षकको व्यवहारमा परिवर्तन गर्दै अभिभावक र विद्यार्थी तीनै पक्षको सहकार्य र समन्वयले शैक्षिक विकास सहजै गर्न सकिने बताउँदै शैक्षिक विकासका लागि भौतिक सुधारको खाँचो भए पनि त्यसबाट मात्र सबै कुरा हासिल नहुने हुँदा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।

बालविकास तथा स्याहारसँगै पढाइमा रुचि बढाउन र बालबालिकाको पढाइमा बानी विकास गर्न नयाँ भवनमा बाल कक्षाको सूरुवात गरिएको हो । कक्षा कोठामा वालपेन्टिङ, कारपेटिङ, पढाईसँगै खेलकुद र विविध किसिमका मनोरञ्जनात्मक क्रियाकलापको माध्यमद्वारा सम्पूर्ण बालबालिकाको सर्वाङ्गीण विकासका लागि पनि कक्षा कोठालाई आवश्यकता अनुसार व्यवस्थापन गरेर सजाइएको विद्यालयकी प्राचार्य विना भण्डारीले बताइन । उनले विद्यालयको विकास एक दुई जनाले सम्भव नभएको बताउँदै विद्यालय व्यवस्थापन समिति शिक्षक, विद्यार्थी र शिक्षाप्रेमीहरुको सामुहिक प्रयासले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान अपरिहार्य हुने बताइन् । 

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी