ताजा अपडेट »

अक्सफोर्डको दुई दिवसीय शैक्षिक पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुधबार, ११ माघ २०७९, १९ : ३१
12 Shares

बुटवल । बुटवल सुख्खानगरस्थित अक्सफोर्ड माविले सञ्चालन गरेको दुई दिवसीय पुरस्कार वितरण तथा  सांस्कृतिक कार्यक्रम बुधबार  सम्पन्न भएको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता भएको  दुई दिवसीय कार्यक्रमको पहिलो दिन बुटवल उपमहानगरपालिका शिक्षा तथा जनस्वास्थ्य शाखा प्रमुख मित्रमणि खनालको प्रमुख आतिथ्य र दोस्रो दिन  जिल्ला शिक्षा समन्वय इकाइ रुपन्देहीका अध्यक्ष दिपेन्द्र ढकालको प्रमुख आतिथ्यमा भएको थियो । 

कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, अभिभावक संघ रुपन्देहीका अध्यक्ष तथा केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीको विशिष्ट आतिथ्य रहेको थियो । दुई दिवसीय कार्यक्रमको पहिलो दिन मंगलवार कक्षा नर्सरीदेखि कक्षा ३ र दोस्रो दिन बुधवार कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई २०७८ सालको शैक्षिक पुरस्कार बितरण गर्नुका साथै  विद्यार्थीहरुलेआआफ्ना गीत, नाटक, नृत्यलगायत अन्य विभिन्न क्रियाकलापहरुमार्फत आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

विद्यालयका सहायक प्राचार्य मोहन खनाल क्षेत्री र अक्सफोर्ड कलेजका कलेज प्रमुख मनोज मरासिनीको स्वागत तथा शुभकामना मन्तव्यमा भएको  कार्यक्रमलाई पूर्व विद्यालय तहदेखि कक्षा ३ सम्म पहिलो चरण र कक्षा ४ देखि १० सम्मलाई दोस्रो चरणमा विभाजित गरी सञ्चालन गरिएको थियो । कार्यक्रमम विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यालयले परियोजना केन्द्रित एवम् प्रविधियुक्त सिकाइ तथा शिक्षालाई संस्कारसित जोडेर संस्कारी विद्यार्थी निर्माण गर्न लागिपरेको बताए ।

यसैगरी उनले आइएसए अवार्ड प्राप्त गरिसकेको यस विद्यालयले एसइइ परीक्षामा राष्ट्रमै उत्कृष्ट नतिजाका साथ शैक्षिक नेतृत्व गर्दै इतिहास रच्ने काममा सक्रिय रहेको जानकारी दिए । उनले  विद्यार्थीहरुलाई मनोरञ्जनात्मक क्रियाकलापहरुमा समेत व्यावहारिक तथा युगको मागअनुसारको शिक्षालाई जोड्दै विद्यालय फरक ढङ्गले अगाडि बढ्न खोजिरहेको विचार व्यक्त गरे ।

कार्यक्रममा प्याब्सन रुपन्देही अध्यक्ष अनन्तराम शर्माले अक्सफोर्डको निरन्तर शैक्षिक उन्नयनको कामना गर्दै बालबालिकाहरुलाई बदलिँदो समय, रुचि र आवश्यकताअनुसारको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।