ताजा अपडेट »

बुटवलको अक्सफोर्ड माविमा दुई दिवसीय पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम

मंगलबार, १० माघ २०७९, २० : ०६
10 Shares

बुटवल । बुटवल सुख्खानगरका रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले मंगलबार र बुधवार दुई दिवसीय पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । पुर्वप्राथमिक, प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीलाई शैक्षिक उत्कृष्टताको पुरस्कार वितरण तथा विद्यार्थीको प्रतिभा प्रस्फुटन कार्यक्रम गरेको हो । अक्सफोर्ड माविले मंगलबार पुर्वप्राथमिकदेखि कक्षा तीन सम्मका विद्यार्थीको शैक्षिक पुरस्कार वितरण तथा प्रतिभा प्रस्फुटन कार्यक्रम गरेको हो ।

कार्यक्रम कक्षा तीन सम्मका विद्यार्थीहरुले विभिन्न साँस्कृति प्रस्तुतीहरु देखाएका थिए । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरका शिक्षा महाशाखा प्रमुख मित्रमणी खनालले रुपन्देहीको शैक्षिक विकासमा अक्सफोर्डले पुराएको योगदान अतुलनीय रहेको भन्दै थप शैक्षिक प्रगतिको कामना गरे । उनले अक्सफोर्ड विद्यालयले विद्यार्थीलाई प्रयोगगात्मक शिक्षामा जोड दिँदै आएको भन्दै अब विद्यार्थीलाई नैतिक शिक्षा पनि जरुरी रहेको बताए । उनले निजी क्षेत्रमा अक्सफोर्ड अगाडिनै रहेको उल्लेख गर्दै अव संस्थागत विद्यालयहरुले प्रयोगात्मक शिक्षालाई पनि सँगसँगै लैजानु पर्ने सुझाव दिए । उनले त्यसका लागि सरकार र संस्थागन विद्यालय बीचको एकता र सहकार्य आवश्यक रहेको धारणा राखे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहप्राचार्य चिरन्जीवि सापकोटा र शिक्षक अस्मिता थापाको संयुक्त संचालन तथा मोहन खनाल क्षेत्रीले स्वागत गरे । कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली लगायतले शैक्षिक गुणस्तर वृद्धिमा अक्सफोर्डले उदाहरणीय कार्य गरेको बताए । कार्यक्रमको विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्राचार्य दिनेश भुसालले विद्यालयले संस्कारसहितको शिक्षालाई प्राथमिकतामा राखेको बताए ।

उनले विद्यार्थीहरुको संख्या बढाउने प्रतिस्पर्धा आफूहरुले कहिल्यै नगरेको भन्दै आफ्नो प्रतिस्पर्धा शैक्षिक गुणात्मक विकासका लागि भइरहेको उल्लेख गरे । शिक्षकको मेहनत, अभिभावकको विश्वास र साथका कारण अक्सफोर्ड माध्यमिक विद्यालयले इन्टरनेशनल स्कुल अवार्ड (आईएसए) प्राप्त गरेको उल्लेख गर्दै नैतिक र प्रयोगात्मक शिक्षा प्रदानका लागि वर्षेनी शिक्षकहरुलाई विभिन्न तालिमहरु समेत प्रदान गर्दै आएको बताए ।

कार्यक्रममा शैक्षिक सत्र २०७८ मा उत्कृष्टता हासिल गरेका प्रि–नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । साथै विद्यार्थीहरुले विभिन्न जातजाती, धर्म, संस्कृतिसँग जोडिएर कला तथा नृत्य प्रस्तुत गरेका थिए । दुई दिवसीय वार्षिकोत्सव कार्यक्रम अन्तरगत
बुधबार कक्षा चारदेखि १० सम्मका विद्यार्थीहरुका शैक्षिक पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने विद्यालयका शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।