ताजा अपडेट »

मानवतावाद र पोखरा दुर्घटना

आइतबार, ०१ माघ २०७९, १४ : ०९
58 Shares


विश्वमा नेपालीहरुका बारेमा वर्तमान समयमा सस्तो लोकप्रियतामा रमाउने नागरिकका रुपमा चित्रण्न गर्न थालिएको छ । सामाजिक सञ्जालको गलत प्रयोगका कारणहरुले गर्दा वर्तमान समयमा नेपालीहरुमा मानवियता र सामाजिम सद्भावका विषयहरु ओजेलमा पर्दैै गएका छन् । मानवता भनेको पृथ्वीमा रहेका प्रत्येक प्राणीलाई निःशर्त प्रेम विस्तार गर्नु हो ।

मानवतावाद एक लोकतान्त्रिक र नैतिक जीवन शैली हो जसले मानिसहरूलाई आफ्नो जीवनलाई अर्थ र आकार दिने अधिकार र जिम्मेवारी छ भनी पुष्टि गर्नुका साथै अरुका बारेमा पनि सोहि तरिकाले सोच्न र व्यवहार गर्न पे्ररित गर्दछ । यसले मानवीय र अन्य प्राकृतिक मूल्यमान्यताहरूमा आधारित नैतिकताको माध्यमबाट मानवीय क्षमताहरू मार्फत तर्क र स्वतन्त्र अनुसन्धानको भावनामा थप मानवीय समाजको निर्माण गर्दछ । आज नेपालीहरुका लागि खुसियालीको पर्व माघे सक्रान्ती हो । देशभर यो पर्व मनाउने सबै जाती समुदायका नागरिकहरु खुसिका साथ रमाई रहेको अवस्थामा ११ः ३५ बजेबाट सामाजिक सञ्जाल तथा देशका मुख्य मिडियाहरुमा पोखरामा जहाज दुर्घटना भएको दुःखद घटना सार्वजनिक भयो ।

नेपालको हवाई दुर्घटनाको ईतिहासमा यो सबैभन्दा ठूलो र पिडादायिक घटना हो । दुर्घटना आफैमा पिडादायी अवस्था हो यसलाई हामी कुनै प्रकारबाट व्याख्या गर्न सकिदैन । यो दुर्घटना भएपछि उक्त स्थलमा जम्मा भएका नागरिकहरुले सामाजिक सञ्जालमा व्यक्त गरेका व्यवहारले हामीमा मानवियता भन्दा बढि आफु भाईरल हुने सोचको विकास भएको प्रमाणित भएको छ ।

वर्तमान समयमा हाम्रो पहुचँ सामाजिक सञ्जालमा बढ्दै जादा हामीमा मानवियता र मानविय संवेदनशीलताका विषयमा गहिरो ढंगले सोच्ने मानसिकतालाई विस्थापित गर्दैै लगेको छ । विगतमा विश्वलाई मानवतावादका विषयमा विशवलाई प्रशिक्षण दिने नेपाली उत्तर आधुनिकताले विकसित गरेको प्रविधिबाट कसरी आफ्नो मौलिक पहिचानलाई गुमाउन पुगे भन्ने कुराको उदाहरणका रुपमा दुःखद घटनामा पनि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारणमा आउने होडबाजीलाई बुझ्न सकिन्छ । मानवतावादको अवधारणा शिक्षालाई थप व्यवस्थित वैज्ञानिक बनाउनको लागी , शिक्षाको प्रणालीका सन्र्दभमा रहेर १४ औं र १५ औं शताब्दीमा गरिएका अनुसन्धानहरु जिम्मेवार रहेको पाईन्छ ।

यसको सुरुवात उत्तरी इटालीमा भयो र पछि महाद्वीपीय युरोप र इङ्गल्याण्ड हुदै विश्वभर फैलियो । विश्वमा १४ औं शताब्दी देखी मानवतावादका विषयमा संवेदशील बन्नका लागि प्रयास गरिएको भएता पनि नेपालीहरुमा वर्तमान समयमा पनि मानवतावाद कमि रहेको कुरा दुर्घटना स्थलमा उद्धारको सट्टमा सामाजिक सञ्जालमा देखिएको व्यस्तताले प्रमाणित गरेको छ । सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरुले त्यहाँ उद्धारमा पुगेका उद्धार टोलीमा सदस्यलाई समेत कार्य गर्न कठिनाई भईरहेको छ । जसले गर्दा हाम्रा विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रमहरुले नैतिक शिक्षा र सामाजिक व्यवहारका बारेमा व्यवहारिक ज्ञान प्र र सामाजिक व्यवहारका बारेमा व्यवहारिक ज्ञान प्रदान गर्न चुकेकै रहेछन् भन्ने पुष्टि भएको छ ।

मानवता शब्द मानव अधिकारको वैकल्पिक रूपमा विभिन्न पश्चिमी विश्वासहरू, विधिहरू, र दर्शनहरूमा लागू हुन्छ । जसले मानविय हितका क्षेत्रमा लगानाी केन्द्रीत गर्न जोड दिन्छ । वास्तवमा मानवतावाद समाजको पुनःर्जागरण शब्द हालको सिक्काको हो, नवीकरण र पुनर्जागरणको रूपमा त्यो अवधिको मौलिक विचार उत्पत्तिमा मानववादी हो । मानवतावादले धेरै पहिलेका समयहरूमा आफ्नै दार्शनिक आधारहरू खोज्यो र यसको अतिरिक्त, पुनर्जागरणको अन्त्य पछि लामो समयसम्म आफ्नो केही शक्ति प्रयोग गर्न जारी राख्यो ।

मानवतालाई मानव हुनुको गुणस्तरको रूपमा परिभाषित गर्न सकिन्छ । मानिसमा प्राकृतिक रुपमा निहित विचित्र स्वभाव, कार्य विशेषता, क्षमता छ । जसद्वारा ऊ अन्य प्राणीहरूको तुलनामा परक पहिचान रहेको प्राणीमा परिचित छ । मानव हुनुको अर्थ व्यक्तिमा मानवता छ भन्ने होइन । यसको पहिचान उसको सामाजिक योगदानबाट प्राप्त गर्न सकिन्छ । मानवमा असाधारण मानवताको सबैभन्दा उत्कृष्ट उदाहरण मदर टेरेसाले सुन्दर ढंगले चित्रण गरेका छन् । मानवता भनेको जहिले पनि सम्भव भएसम्म अरूको हेरचाह र मद्दत गर्नु हो । मानवता भनेको अरूलाई मद्दत चाहिने बेलामा मद्दत गर्नु हो, मानवता भनेको आफ्नो स्वार्थलाई बिर्सनु हो जब अरूलाई तपाईंको मद्दत चाहिन्छ ।

गरिब र अशक्तहरूको सेवा गर्नु एक व्यक्तिले आफ्नो जीवनकालमा प्रदान गर्न सक्ने सबैभन्दा ठूलो मानवीय सहयोग हो। यो तथ्य बुझ्न आवश्यक छ कि हामी अत्यन्तै भाग्यमानी छौं कि हामीले चाहेको समयको कुनै पनि बिन्दुमा हामीले चाहेको सबै कुरा पाउन सक्छौं । आर्थिक , सामाजिक, राजनैतिक , पर्यावरणीय संकटमा परेकाहरूलाई सेवा गर्नु भनेको नै मानवतावादको नमुना हो । मानवताको महत्वलाई मानवताले मात्र बुझ्न सक्छ र यो मानवता नै बुद्धिको परिणाम हो जसले वास्तवमा मानव अस्तित्वको मूल सार दिन्छ। मानवीय गतिविधिहरूमा योगदान गर्न तपाईंलाई ठूलो बैंक खाताको आवश्यकता पर्दैन। आफ्नो घरेलु कामलाई उचित रूपमा भुक्तानी गर्नु पनि मानवता हो ।

उदाहरणका लागि तपाईं आफ्नो चिकित्सा जाँचको लागि हजारौं रुपैयाँ तिर्न इच्छुक हुनुहुन्छ तर जब तपाईंको कर्मचारीलाई भुक्तानी गर्ने कुरा आउँछ; तपाईं हरेक पैसा बचत गर्न चाहनुहुन्छ भने त्यसलाई मानवियता मानिदैन । ख्याति प्राप्त गर्न वा प्रतिष्ठा प्राप्तिका लागि मानवीय गतिविधिहरू कहिल्यै गर्नु हुँदैन । आफ्नो कामबाट सजिलै नाम कमाउन सकिनेछ भन्ने कुरामा विश्वास राख्नु हुन्छ भने त्यस प्रकारको सोच मानवियता हो । वृद्धाको भारी झोला उठाउनु मानवता हो, अपाङ्गलाई बाटो काट्न सहयोग गर्नु मानवता हो, आमालाई काममा सहयोग गर्नु मानवता हो । वास्तवमा खाँचोमा परेका जो कोहीलाई सहयोग गर्नु मानवता हो ।

मानव अधिकार र मानवताको विषयमा अन्य देशहरुलाई निर्देशित गर्ने अमेरिकाले विश्व भरका मानव समुदायको अस्तित्वलाई चुनौतीपूर्ण बनाएको छ । विश्व मानव समाजलाई निःशस्त्रीकरण, सहिष्णुतापूर्ण व्यवहार र युक्तिसङ्गत सहयोग आवश्यक छ । मानवियतालाई दीर्घकालिन बनाउनको लागि प्रत्येक नागरिकको सोचाइमा शान्तिको अभ्यास हुनु आवश्यक छ । प्रत्येक नागरिकले शान्तिलाई आफ्नो जीवनपद्धति बनाउनु आवश्यक छ । आफ्नो जीवनमा आदर्श एकता, सहयोग र सद्भावनामा बदल्नु आवश्यक छ । विभिन्न वर्गबीच स्वच्छ समझदारी र सहानुभूति जुटाउनु आवश्यक छ । मानिसका भावना र बानीले सहअस्तित्व स्वीकार्नु आवश्यक छ । सहअस्तित्वबाट मात्र एकता हुन्छ, एकतामा मात्र शान्ति हुन्छ र शान्तिमा मात्र सुख प्राप्त हुन्छ भन्ने कुरा हरेक मानिसले स्वीकार्नु आवश्यक छ, जसका लागि मानवतावादको अध्ययन अति आवश्यक छ ।

देशको प्रमुख पर्यटकिय शहरका नागरिकहरुले सामाजिक सञ्जालमा देखाएको क्रियाकलापले नेपालको पर्यटन उद्योग अन्तराष्ट्रिय क्षेत्रमा वदनाम भएको छ । देशको प्रमुख आर्थिक शहर तथा अन्तराष्ट्रिय विमानस्थलको नजिकै भएको दुर्घटनाको दुर्त गतिमा उद्धार गर्न नसक्नुले नेपालको हवाई सुरक्षाका बारेमा पुनः प्रश्न उत्पन्न भएकोछ । मानवतावादलाई व्यवहारिक रुपमा सफल कार्यान्यवनका लागि विश्वका सबै शाशकहरु तथा विश्वविद्यालयका पाठ्यक्रमहरु एकमत हुनु पर्ने हुन्छ ।

जसका लागि शैन्य शक्तिको बिस्तारमा सक्रिय रहेका देशहरुको अमानविय गतिविधिमा नियन्त्रण ल्याउनु पर्ने हुन्छ । नेपाल विश्व शान्तिको मुहानको रुपमा परिचय स्थापित गरेको मुलुकको नाताले पनि विश्वलाई निःशस्त्रीकरणको पाठ पढाउनु पर्ने दायित्वमा छ । भविष्यमा आउने त्यसप्रकारको संकट मोचनका लागि पनि बुद्धभूमी नेपालबाट शान्ति प्रिय र दलाल पुजीँवादले विकसित गरेका समाजिक सञ्जालको गलत प्रयोगले नेपाली समाजको सामाजिक सद्भावमा पारेका र पार्न सक्ने प्रभावका बारेमा बहस चलाई रहेका सचेत नागरिकले मानवतावादको अभियानलाई थप शसक्त तवरले नेपालमा सञ्चालन गर्नु पर्ने आवश्यकता देखिएको छ । अन्त्यमा दुर्घटनामा परि ज्यान गुमाउन पुगेका सम्पूर्ण मृत आत्माको चिरशान्तिको कामना छ !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।