ताजा अपडेट »

टिकटकबाट जुवा खेलाउने चार जना पक्राउ

विहीबार, २८ पुस २०७९, १८ : ३९
18 Shares

काठमाडौं । प्रहरीले सामाजिक सञ्जाल टिकटक लाइभमार्फत जुवा खेलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ४० लाख १९ हजार १७६ रुपैयाँ कारोबार गर्ने चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो  । 

पक्राउ पर्नेमा प्रकाश योगी, कपिल गिरि, प्रेम कठायत र डिल्लीराज अवस्थी रहेका छन् । उनीहरुले ईसेवामार्फत सो रकम कारोबार गरेको पाइएको हो । ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायतका स्थानबाट उनीहरू पक्राउ परेको परेको प्रहरीको भनाइ छ । उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।