ताजा अपडेट »

पृथ्वी नारायण शाहको आर्थिक दृष्टिकोण

बुधबार, २७ पुस २०७९, १३ : ५३
63 Shares

नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको जन्म वि.सं. १९७९ पुस २७ गते गोरखामा भएको थियो । उनका पिता नर भूपाल शाहको मृत्युपछि वि.सं. १७९९ चैत्र १९ गते बिस वर्षको उमेरमा पृथ्वीनारायण शाहको राज्यारोहण भयो । पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका एकीकरण गरेपछिको समयलाई नेपालको इतिहासमा आधुनिक काल भनिन्छ ।

पृथ्वीनारायण शाहले एकीकरण गर्नुअघि नेपाल ५४ भन्दा धेरै मुख्य र सयौं भुरे टाकुरे राज्यमा विभाजित थियो । ती राज्यहरूको बिचमा एक आपसमा राम्रो सम्बन्ध थिएन । त्यसैगरी उत्तरतर्फबाट तिब्बत र दक्षिणतर्फबाट इस्टइन्डिया कम्पनीले आफ्नो भूभाग विस्तार गरिरहेका थिए । नेपालको अस्तित्व सङ्कटमा पर्ने सम्भवना देखेर पृथ्वीनारायण शाहले ठुलो र शक्तिशाली राज्य निर्माण गर्ने उद्देश्यले एकीकरण अभियान आरम्भ गरेका थिए ।

पृथ्वी नारायण शाहले नेपाली अर्थतन्त्रलाई विश्व अर्थतन्त्रसँग प्रतिस्पर्धाी बनाउनका लागि मुख्य चुनौती व्याप्त ग्रामिण गरिबी हो यसलाई समयमा नै समाधान गर्नका लागि छिमेकी देशहरुको आर्थिक सहयोग लिन नहुने बताएका थिए । तत्कालिन अवस्थामा उनले सुरुवाती समयमा देशको सडक सञ्जाल पूर्व पश्चिम भन्दा पहिले उत्तर दक्षिण तर्फ बिस्तार गर्न सकिएमा नेपाली अर्थतन्त्रमा भारतीय अर्थतन्त्रको प्रभाव नपर्ने तथा आत्मनिर्भर अर्थतन्त्रको विकास हुने कुरा बताई रहेका थिए । स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरु विदेशमा निर्यात नगरिकन जडिबुटीलाई विदेशी बजारमा बिक्री गर्ने व्यवस्था गरि विदेशी मुद्रा आर्जन गर्न सकिने आधारका बारेमा छलफल चलाएको पाईन्छ । नेपाली अर्थतन्त्रलाई विदेशीहरुको गलत मनासयबाट बचाउनका लागि आफ्नो उतपादनमा कर नलगाई विदेशी उत्पादनलाई कडा दररेटमा करारोपण गर्न भनेका थिए ।

वर्तमान समयमा नेपाली राजनैतिक दलहरुले लगाएको समृद्ध जनता समृद्ध देश हो या खुसी नेपाली समृद्ध नेपालको नारा नै होस् । ती नाराहरु पृथ्वी नारायण शाहले आफ्नो शाशन अवधिमा जनता मोटो भए देश स्वतः मोटाउछ भन्न्ो अभियानमूलक सोचले उनी देशको अर्थतन्त्रलाई सबल , आत्मनिर्भर तथा स्वाधिन बनाउनको लागी प्रतिबद्ध रहेको प्रमाणित भएको छ । शाशकहरुले जनताले विकासको अपेक्षा गरि तिरेको रकमा खराबन जर वा वदनियत तवरले खर्च गर्न नहुने कुरामा ज्यादै सचेत थिए । जनताको सेवमा लागेबापत सरकारी कर्मचारीहरुले राज्यका तर्फबाट निश्चित रकम बुझेपछि जनतालाई थप व्ययभार पार्नु नहुने र पारेको भएमा त्यो अक्ष्यम गल्तीका रुपमा दर्ज हुने उल्लेख गरेका छन् । घुस लिने र दिने दुवै देश र जनताका शत्रु हुन भन्ने कुरामा उनि दृढ थिए ।

जसबाट उनको आर्थिक शुशान सम्बन्धित अवधारणा स्पष्ट हुन आउछ । तत्कालिन समयमा भ्रष्टचारलाई सामाजिक अपराधका रुपमा लिईथ्यो । वर्तमान समयमा यिनका शालिक तोडेर क्रान्तीको भाषण गर्नेहरुको प्रमुख अभियान नै जसरी हुन्छ अकुत धन सम्पत्ति आर्जन गर्नु रहेको व्यवहारमा नै प्रमाणित भएको छ । यसबाट बुझ्न सकिन्छ पृथ्वी नारायणले राष्ट्रिय पँुजीलाई आत्म निर्भरताको बाटोमा हिडाएर देश र जनताको आर्थिक स्तरलाई मजबुत बनाउन चाहन्थे । पृथ्वी नारायण शाहले नेपाल एकीकरण अभियानको थालनी गर्ने समयमा गोर्खा राज्यमा जम्मा १२०० घरधुरी रहेका थिए । त्यो समयमा उनले युद्धका लागी आवश्यक साम्रगी भण्डारण तथा विकासका लागी आफ्ना आर्थिक सल्लाहाकार विशेनगरचीको सल्लाह अनुसार प्रत्येक घरधुरीबाट रु १ संकलन अभियान सञ्चालन गरि आवश्यक रकमको व्यवस्थापन गरेका थिए ।

जसको सहायताबाट उनले आफ्नो अभियानलाई सार्थकता प्रदान गरेका थिए । कुनै पनि राज्य सञ्चालकले राज्य कोषको व्यवस्थापन र सञ्चालनका लागि कसरी आफ्ना प्रजाहरुलाई सम्बोधन गर्नु पर्दछ भन्ने कुराको उत्कृष्ट नमुना पेस गरेका छन् । राज्यको हितमा खर्च गर्ने रकमले नागरिकहरुको दैनिकीमा नकारात्मक प्रभाव पारेमा सरकार प्रती नागरिकको धारणा बन्न पुगी राज्य असफल हुने उनको भनाई छ । पृथ्वी नारायण शाहले नेपाल एकीकरणका लागि काठमाण्डौँ उपत्यकाका राज्यहरुमा आक्रमण गरि आफ्नो आर्थिक अर्थव्यस्थालाई सुधार गर्न चाहनु पनि हो । उपत्यकाका मल्ल राज्यहरु तत्कालिन राज्यहरुमा निकै नै शक्तिशालि मानिन्थे ।

जसलाई उनले कम्जोर बनाउनका लागी उनले उपत्यका भित्रका सबै राज्यहरुलाई छ महिना लामो आर्थिक नाकाबन्दी लगाएका थिए । जसबाट उनलाई उपत्यकामा रहेका राज्यहरुमा विजय प्राप्ति गर्न सफल भएका हुन् । एकीकरणको अभियानमा काठमाण्डौँका सबै राज्यमा विजय प्राप्त गरेपछि गोर्खा राज्यको आर्थिक अवस्थामा क्रमिक रुपमा सुधार आएको पाईन्छ । यसको प्रमुख कारणमा काठमाण्डौँ उपत्यकाका उब्जाउयोग्य जमिन र त्यहाँ रहेका सबै प्रकार गुठी , देवलहरु गोर्खा राज्यको स्वामित्वमा आउनुलाई लिईन्छ ।

उनले किर्तीपुरमा जित हारेको केही समयमा मकहवानपुरमा पनि जित हात पारे त्यसपछि राज्यको उपस्थिती तराईका जिल्लामा पनि बिस्तारीत हुदै गयो । त्यसपछिका दिनमा पृथ्वी नारायण शाहले राष्ट्रिय पुँजीको विकास गर्दै लगेका थिए । सरकारले राज्य कोषमा रहेको रकम वा बहुमूल्य धातुको प्रयोग गर्दा बहुसंख्यक नागरिकको हित हुनु पर्दछ भन्ने सार्वजनिक खर्च नीतिको विकास गरेका थिए । आत्मनिर्भर अर्थतन्त्रको विकाका लागी उनले आन्तरिक रुपमा उत्पादन हुने औजार हतियारको प्रयोग गरि कृषिका कार्यहरु गर्न लगाएका थिए ।

उनले लिएका हरेक निर्णयहरु देश र जनताका साझा हितका लागी भएको कारणले गर्दा पनि उनि आजको आधुनिक नेपालमा पनि एक आर्दश राजाका रुपमा नेपाली जनताको मनमा छन् । वास्तमा उनि एक साहसिक योद्धा हुन जसको अदभ्य साहसले गर्दा नै आज हामी नेपाली भनेर छाती चौडा गराएर संसारभर स्वाभिमान सहित घुम्न पाईरहेका छौ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।