ताजा अपडेट »

सहकारीमा सदस्यता शुद्धिकरण आवश्यक छ : अभियान्ता

आइतबार, २४ पुस २०७९, १७ : ०२
16 Shares

बुटवल । जिल्ला सहकारी संघ रुपन्देहीको ३८ औं वार्षिक साधारण सभा आइतबार बुटवलमा भएको छ । साधारण सभालाई सम्बोधन गर्दै प्रदेशको सहकारी दर्ता अधिकारी कार्यालय प्रमुख भिम प्रसाद तिवारीले सहकारीका सदस्यहरुको बीचमा सदस्यता शुद्धिकारण आवश्यक रहेको बताए । उनले सहकारी ऐन २०७४ अनुसार एक व्याक्ति एक सहकारीको परिकल्पना गरेको भन्दै सोही अनुसार कार्य गर्नुपर्ने बताए ।

पछिल्लो समय केही सहकारीको कारण सहकारी अभियानमा नै नराम्रो सन्देश पैदा भएको भन्दे उनले सहकारीको मुल्य, मान्यता र मर्म अनुसार नै अगाडि बढ्नुको विकल्प नभएको बताए । साधारण सभामा प्रदेश बचत संघका अध्यष श्रीकृष्ण नेपालले सहकारीका बीचमा सहकार्य आवश्यक रहेको बताउँदै सहकारी सदस्यहरुले आफ्नो सदस्य हुँदा, बचत गर्दा कहाँको सहकारी, कस्तो सहकारी, को–को सञ्चालक हुन भन्ने विषयमा एकिन गरेर मात्रै शेयर सदस्यमा लगानी गर्न, बचत गर्न आग्रह गरे । उनले अहिले केही सहकारीको कारण सहकारी अभियान नै बदनाम भएको बताउँदै बेलगामका सहकारीहरुलाई नियन्त्रण, नियमन तथा अनुगमन संयन्त्रको यथाशक्य व्यवस्थापन हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनाल, कृषि सहकारी संघका केन्द्रीय सदस्य झुपा न्यौपाने, दुग्ध उत्पादक कृषि सहकारी संघ रुपन्देहीका अध्यक्ष तथा केन्द्रीय सदस्य लेखनाथ पाण्डे लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा संस्थाले गरेको कार्यबारेमा अध्यक्ष भिम प्रसाद तुलाचनले कार्यपत्र प्रस्तुत गर्दै जिल्ला सहकारी संघलाई अझ परिस्कृत बनाएर लैजानुको विकल्प नभएको बताएका थिए । साधारण सभा तथा अधिवेसनबाट नयाँ नेतृत्वको कार्यक्रम समेत रहेको सचिव टिका न्यौपानले जानकारी दिईन । कार्यक्रममा उपाध्यक्ष डोल प्रसाद अर्यालय, कोषाध्यक्ष दामोदर पंगेनी, लेखा समिति संयोजक जगन्नाथ गौतमले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।